उपाध्यक्षमा खड्का, समन्वय विज्ञमा मल्ल

कर्णाली प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सर्वराज खड्का नियुक्त भएका छन् । बिहीवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आयोगको रिक्त उपाध्यक्ष पदमा खड्कालाई नियुक्त गरेको हो । उनी दैलेखका हुन् । यस अघिका उपाध्यक्ष डा. पूण्यप्रसाद रेग्मी पनि दैलेखकै हुन् । रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति भएपछि उक्त पद रिक्त थियो ।
खड्का हाल विश्व खाद्य अधिकार सञ्जाल (फियान) का अन्तर्राष्ट्रिय अध्यक्ष छन् । उनीसँग राज्य पुनर्संरचना सिफारिस तथा सुझाव आयोगको सदस्य र समाज कल्याण परिषद्को कार्यकारी निर्देशकको अनुभव छ । यस्तै, मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको समन्वय विज्ञका रुपमा नेकपाका केन्द्रीय सदस्य झकबहादुर मल्ललाई नियुक्त गरेको छ । मल्ल सुर्खेतको वीरेन्द्रनगर निवासी हुन् ।
प्रकाशित मितिः १३ मंसिर २०७७, शनिबार ०६:०३
साझा बिसौनी ।