२२ जना संक्रमित थपिए

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का थप २२ जना संक्रमित भेटिएका छन् । बुधवार पुष्टि भएका ती संक्रमितमध्ये तीन जना बालकालिका छन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १६ जना दैलेख र ६ जना कालीकोटका कोरोना पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार सात सय ८३ पुगेको छ ।

यस्तै, कर्णालीमा बुधवार १३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसहित प्रदेशमा डिस्चार्ज हुनेको संख्या एक हजार पाँच सय ४६ पुगेको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार दुई सय ३१ सक्रिय संक्रमित रहेका छन् भने ६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । कर्णालीमा ३८ हजार बढीको आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मितिः   ८ श्रावण २०७७, बिहीबार ०६:०७