पुष्पलालको सम्झना

सुर्खेतमा पुष्पलाल श्रेष्ठको सम्झनामा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । पुष्पलाल स्मृति दिवसको अवसर पारेर जिल्लाभर वृक्षारोपण, अन्तरक्रिया, श्रेष्ठको योगदानको चर्चा लगायतका विविध कार्यक्रम गरिएको नेपाल कम्युनष्टि पार्टी(नेकपा) सुर्खेतका कार्यालय सदस्य मोहन बडुवालले जानकारी दिए ।

बुधवार नेकपाको जिल्ला पार्टी कार्यालयमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो । पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलनमा श्रेष्ठले पु¥याएको योगदानको चर्चा गरिएको थियो । उक्त कार्यक्रम प्रतिष्ठान सुर्खेतका अध्यक्ष शिवप्रसाद उपाध्यायको अध्यक्षतामा भएको हो ।  यस्तै वीरेन्द्रनगर–८ मा वृक्षारोपण गरिएको छ । पुष्पलाल मित्रता केन्द्रको अगुवाईमा वृक्षारोपण गरिएको हो ।

प्रकाशित मितिः   ८ श्रावण २०७७, बिहीबार ०६:०६