बसपार्कमा सार्वजनिक शौचालय

सुर्खेत बसपार्कमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ‐यूएनडीपी) र अन्तरनिर्भर समाज सुर्खेतको साझेदारीमा वीरेन्द्रनगर–६ स्थित बसपार्कमा अत्याधुनिक शौचालय निर्माण गरिएको हो । २८ लाख १८ हजार तीन सय ९३ रूपैयाँको लागतमा निर्माण भएको उक्त शौचालय अपाङ्गता, लैङ्गिक र वातावरणमैत्री रहेको छ ।

निर्माण सम्पन्न भएपछि शुक्रवार यूएनडीपीका प्रमुख रफिद अहमद सिद्धिकीले वीरेन्द्रनगरका कार्यवहाक प्रमुख मोहनमाया ढकाललाई शौचालय हस्तान्तरण गरेका हुन् । शौचालयका लागि वीरेन्द्रनगर नगरपालिकाले नौ लाख ६३ हजार आठ सय ९०, यूएनडीपीले १५ लाख ७२ हजार ६ सय ३३ र अन्तरनिर्भर समाज सुर्खेतले दुई लाख ८१ हजार आठ सय ९३ रूपैयाँ लगानी गरेका छन् । उक्त शौचालयमा तीन वटा कमोड, चार वटा पिन सेट र चार वटा मेलयूरेनरी रहेको छ ।

प्रकाशित मितिः   २० असार २०७७, शनिबार ०६:०५