जुम्लाका १९ जनामा कोरोना संक्रमण
जुम्ला : जुम्ला जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । जिल्लाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा जुम्लाका १९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । १७ जना सर्वसाधारण र दुईजना प्रहरी गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका ल्याब इन्चार्ज विवेक पुनले जानकारी दिएका छन् ।
संक्रमितहरु सिँजा गाउँपालिकाका-९ जना, हिमा गाउँपालिकाकाका-८ जना र दुईजना नेपाल सुरक्षाकर्मी रहेका छन् । प्रतिष्ठानले जनाएअनुसार सिँजा–३ का २४ वर्षीय पुरुष, वडा नम्बर ४ का २३, २३ र २१ वर्षीय पुरुष, वडा नम्बर ५ का २६ र ३६ वर्षीय पुरुष तथा वडा नम्बर ६ का ४५, ३१, १२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, हिमा–१ का ३६ र ६३ वर्षीय पुरुष, वडा नम्बर ६ का २३ वर्षीय पुरुष रहेका छन्। वडा ५ का २६, २३, ४३, ४६ वर्षीय पुरुष र वडा नम्बर ७ का ५९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रममित दुई सुरक्षाकर्मी जिल्ला स्तरीय एकिकृत क्वारेन्टाईन कर्णाली प्राविधिक शिक्षालय खटिएका प्रहरी हुन्। ।
प्रकाशित मितिः १९ जेष्ठ २०७७, सोमबार १२:४६
साझा बिसौनी ।