लकडाउन लम्ब्याउन सिफारिस

काठमाडौंः उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । शनिबार बसेको कार्यदलको बैठकले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको हो । यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो ।

बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको थियो । त्यसलगतै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने राय दिएको छ । त्यसपछि अर्को मोडलमा जान सकिने बताइएको छ ।

प्रकाशित मितिः   १३ बैशाख २०७७, शनिबार १७:५७