खर्च जुटाउन पानीपुरी बिक्री

सुर्खेत : यूथ एण्ड लिगल एड्भोकेसीले महिला दिवस मनाउन आवश्यक रकम जुटाउन पानीपुरी बेचेको छ । शनिवार बुलबुले उद्यानमा पानीपुरी बेचेको हो । कर्णाली प्रदेशका ३० जना महिलाहरूलाई लक्षित गरी आगामी २५ गते अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी गरिने अन्तरक्रिया कार्यक्रमको खर्च जुटाउन उक्त कार्यक्रम गरिएको अभियन्ता विनिता बोगटीले जानकारी दिइन् । हामी युवाले नगरे कसले गर्ने र अहिले नगरे कहिले गर्ने भन्ने नारालाई सार्थकता दिनको लागि उक्त काम गरिएको उनले बताइन् । शनिवार पानीपुरी बेचेर ११ हजार सात सय रूपैयाँ संकलन भएको उनले बताइन् । मोटेग्याङ नेपाल र तनाव छ जिन्दगीले समेत पानीपुरी बेच्ने क्रममा सहयोग गरेको उनले जानकारी दिइन् ।

प्रकाशित मितिः   १८ फाल्गुन २०७६, आईतवार ०५:०२