गाउँ परिषद् सम्पन्न

सुर्खेत : नेपाल राष्ट्रिय शिक्षक संगठन चौकुने गाउँ कमिटीको दोस्रो गाउँ परिषद् सम्पन्न भएको छ । चौकुने–१० देवस्थान माध्यमिक विद्यालय कुमालामा शनिवार परिषद् सम्पन्न भएको हो ।

संगठनका अध्यक्ष इन्द्रप्रसाद जोशीको अध्यक्षता तथा पूर्व संविधानसभा सदस्य नरबहादुर विष्टको प्रमुख आतिथ्यतामा भएको परिषद्मा कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्ट, चौकुने गाउँपालिका उपाध्यक्ष निर्मला राना, संगठनको कर्णाली प्रदेश सदस्य कृष्ण बिसी, जिल्ला कमिटी उपाध्यक्ष ओम दर्लामी, नेकपाका नेताहरू मोहन बडुवाल, हरि अधिकारी, गंगाराम विक, घनश्याम पाण्डे लगायतको सहभागिता रहेको थियो । परिषद्मा सांगठनिक प्रतिवेदनका साथै आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो ।

प्रकाशित मितिः   १८ फाल्गुन २०७६, आईतवार ०५:०१