रजिस्ट्रारमा पुनः मल्ल

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ असार ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयको रजिस्ट्रारमा डा. महेन्द्रकुमार मल्ल पुनः नियुक्त भएका छन् । विश्वविद्यालयको रिक्त रहेको रजिस्ट्रार पदमा डा. मल्ललाई चार वर्षे कार्यकालका लागि पुनः नियुक्त गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको बुधवार उनलाई नियुक्त गरेको हो । मल्ल यसअघि पनि मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा रजिस्ट्रार थिए । गत माघमा अघिल्लो कार्यालयका रजिस्ट्रारको कार्यकाल समापन भएको थियो । यद्यपि अर्को व्यवस्था नभएसम्मका लागि मल्ललाई रजिस्ट्रार नियुक्त गरिएको थियो । मल्लले आज (बिहीवार) पदभार ग्रहण गर्ने विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।

प्रकाशित मितिः   ३० असार २०७३, बिहीबार ०९:४३