साझा बिसौनी सातौं वर्षमा, जनताको आवाज बन्न सुझाव

DSC_3565

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ असार ।
साझा बिसौनी दैनिक छैठौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बुधवार वीरेन्द्रनगरमा एक समारोहको आयोजना गरी छैठौं वार्षिकोत्सव मनाइएको छ । कार्यक्रमका सहभागीहरूले यस दैनिकलाई नामजस्तै सबैको साझा बन्न सुझाव दिएका छन् । कसैको पक्ष र कसैको विपक्षमा नलागी सधैं सत्यको पक्षमा सामग्रीहरू प्रकाशन गर्न उनीहरूको आग्रह थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् पुनरावेदन अदालत सुर्खेतका मुख्य न्यायाधीश तेजबहादुर केसीले पत्रकारिता समाजको ऐना समेत भएकाले समाजलाई सही मार्गमा हिँड्न प्रेरित गर्ने सामग्रीहरू प्रकाशमा जोड दिन आग्रह गरे । साझा बिसौनीले सुर्खेत र आसपासका जिल्लाहरूको सूचनामूलक सामग्रीहरू प्रकाश गर्दै नागरिकलाई सू–सुचित गर्ने कार्य गर्दै आएको भन्दै उनले पत्रिकाको थप प्रगतिको लागि शुभकामना व्यक्त गरे ।
नेपाली कांग्रेस सुर्खेतका कोषाध्यक्ष अनन्त पौडेलले पत्रकारिताको धर्म कायम राख्दै नाम जस्तै सबैको साझा बन्न सुझाव
दिए । नेकपा एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले पत्रकारिताले सधैं सत्यको खोजी गर्नुपर्ने भन्दै कसैप्रति आग्रह वा पूर्वाग्रह नराखी सत्यको पक्षमा लाग्न आग्रह गरे । नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य हरिमाया शर्माले अबको पत्रकारिता समाज र राष्ट्रप्रति उत्तरदायी हुनुपर्ने बताइन् । उनले मोफसलको पत्रकारिता अत्यन्तै चुनौतीपूर्ण भएकोले त्यसको सामना गर्दै गुणस्तरीयता प्रदान गर्नतर्फ ध्यान दिनुपर्ने बताइन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सुर्खेतका अध्यक्ष मानबहादुर खड्काले साझा बिसौनी दैनिकलाई थप सफलताको शुभकामना व्यक्त गर्दै निष्पक्ष पत्रकारिता गर्न सुझाव व्यक्त गरे । राष्ट्रिय जनमोर्चा सुर्खेतका कोषाध्यक्ष विष्णुप्रसाद शर्माले सबैका विचारलाई उत्तिकै महŒव दिन आग्रह गरे । उनले प्रमुख दलहरूलाई बढी प्राथमिकता दिने र साना दलहरूलाई बेवास्ता गर्ने प्रवृत्ति पत्रकारितामा रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताए । नेपाल मजदुर किसान पार्टी सुर्खेतका सचिव धनेन्द्र विकले पत्रकारिता कुनै राजनीतिक दलबाट निर्देशित नभइ स्वतन्त्र हुनुपर्ने धारणा व्यक्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतका अध्यक्ष कविराम पुरीले जिल्लाको विकास निर्माण र जनतालाई सू–सुचित गर्ने कार्यमा साझा बिसौनीले खेलेको भूमिकाको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले साझा बिसौनी दैनिकले सुर्खेतको पत्रकारितामा प्रशंसनीय कार्य गर्दै आएको भन्दै प्रशंसा गरे । उनले मोफसलका अनेक समस्या र चुनौतीहरूको सामना गर्दै साझा बिसौनीले प्राप्त गरेको सफलता उदाहरणीय भएको बताए । सुर्खेतका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले पत्रकारिता दबाब र प्रभावबाट मुक्त हुनुपर्ने र अनुमानको भरमा सूचना सम्प्रेषण गर्न नहुने धारणा राखे । गैरसरकारी संघ–संस्था महासंघ सुर्खेतका अध्यक्ष हरिप्रसाद अधिकारीले समाज रूपान्तरणको अभियानमा पत्रकारिताको भूमिका महŒवपूर्ण हुने भन्दै उक्त कार्यमा अग्रसर हुन आग्रह गरे ।
कार्यक्रममा सिद्धार्थ नृत्य कला केन्द्र सुर्खेतका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न क्षेत्रबाट साझा बिसौनी दैनिकलाई सहयोग पु¥याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम यस दैनिकका प्रकाशक गोपी अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।

साझा वर्ष व्यक्ति सम्मान सिग्देललाई

DSC_3585यसैबीच साझा बिसौनी दैनिकको ‘साझा वर्ष व्यक्ति सम्मान–२०७२’ बाट जनज्योति उच्च माध्यमिक विद्यालय कुनाथरी–४ बड्डिचौरका प्राचार्य नारायणप्रसाद सिग्देल सम्मानित भएका छन् । ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको नेतृत्व गर्दै गुणस्तरीय र प्राविधिक शिक्षा प्रदानमा महŒवपूर्ण योगदान पु¥याएवापत उनलाई सम्मान गरिएको हो ।
सामाजिक सेवामा सक्रिय एवम् विभिन्न पेसा र व्यवसायमा उदाहरणीय कार्य गरेका व्यक्तिहरूमध्येबाट साझा बिसौनीले हरेक वर्ष साझा वर्ष व्यक्ति सम्मान प्रदान गर्दै आएको छ । उनलाई नगद पाँच हजार, सम्मान–पत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
यसैगरी यसवर्षको उत्कृष्ट कर्मचारी पुरस्कार सतेन्द्र दर्लामीलाई प्रदान गरिएको छ । यस्तै उत्कृष्ट लेखक÷स्तम्भकार पुरस्कारबाट स्तम्भकार दिनेश गौतमलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट ग्राहक सम्मान शितल डेरी उद्योगका सञ्चालक प्रेमबहादुर श्रीस, उत्कृष्ट विज्ञापनदाता सम्मानबाट न्यू विष्णु रेडियो इम्पोरियमका सञ्चालक प्रेम आचार्यलाई प्रदान गरिएको छ ।

प्रकाशित मितिः   ३० असार २०७३, बिहीबार ०९:४५