बलात्कारीलाई ३६ वर्ष कैद

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ असार ।
बालिका बलात्कारको आरोपमा पक्राउ परेका तीन जनालाई ३६ वर्ष कैद सजाय हुने भएको छ । जिल्ला अदालत सुर्खेतले उनीहरूलाई ३६ वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो ।
नेटामा अघिल्ला वर्ष एक १० वर्षीय बालिकालाई बलात्कार गरेको भन्दै पूर्णबहादुर ठाडा, खड्गबहादुर गाहा र यामबहादुर रास्कोटीलाई अदालतले कैद सजाय तोकेको हो । जबर्जस्ती करणी गरेको भन्दै १५ वर्ष कैद र हत्या अभियोगमा थप कैदको फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्र मल्लले जानकारी
दिए । यस्तै अदालतले उनीहरूले जनही ७० हजारका दरले क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।

प्रकाशित मितिः   २८ असार २०७३, मंगलवार ०५:५८