चिल्ड्रेन्स गेम्स सुरु

सुर्खेत, १ जेठ । (साबिस)
जिल्लास्तरीय दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्स बुधवारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । प्रतियोगितामा एथ्लेटिक्स, कराँते, तेकवान्दो, उसु, कबड्डी र टी.टी.गरी ६ विधाका खेलहरूमा निजी तथा सामुदायिक विद्यालयमामा अध्ययनरत विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुने जनाइएको छ । कक्षा ६,७ र ८ मा अध्ययनरत १४ वर्ष उमेर ननाघेका विद्यार्थी छात्रछात्रा खेलाडीहरूबीच प्रतिष्पर्धा हुनेछ । जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरू प्रदेशस्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्समा सहभागिता जनाउनेछन् ।
विद्यार्थीमा हुने खेल प्रतिभाहरूलाई प्रस्फुटन गरी क्षमता विकासमा जोड दिन प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । देशका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रतिष्पर्धा गर्न सक्ने खेलाडी उत्पादनमा यस प्रतियोगिता कोसेढुङ्गा सावित हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले जनाए । प्रतियोगिता दुई दिनसम्म चल्ने प्रतियोगिताका संयोजक भुवनबहादुर थापाले जानकारी दिए । बुधवार कबड्डी र मार्सल आर्टस तर्फका कराँते र तेकवान्दो भएका छन् । जिल्ला खेलकुद विकास समिति सुर्खेतले आयोजना गरेको प्रतियोगिताको उद्घाटन कार्यक्रम समितिका अध्यक्ष चन्द्रकुमार गिरीको अध्यक्षता तथा सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हर्षबिक्रम खड्कासहितको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २ जेष्ठ २०७६, बिहीबार १५:१२