दर्जन बढी पुल अलपत्र

साझा बिसौनी संवाददाता
सुर्खेत, १ जेठ ।
दैलेख र कालिकोटको सीमानामा पर्ने घट्टेखोलामा पुल निर्माणका वि.सं. २०६९ मा सम्झौता भएको थियो । एक वर्ष तीन महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित चार करोड ५१ लाखमा याक्थुमहार गोल्डेन जेभी काठमाडौंले उक्त पुल निर्माणको जिम्मा लिएको हो । तर निर्माण सम्पन्न गर्नुपर्ने म्याद नाघेर पाँच वर्ष बितिसक्दासम्म पनि पुल निर्माण भएको छैन । एक वर्ष तीन महिनामा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म पूरा हुन सकेको छैन ।
त्यस्तै, दैलेखको झक्सीखोला पक्की पुल निमार्णका लागि हालसम्म पाँच वटा निर्माण कम्पनी फेरिएका छन् । २०६७ मा निर्माण सम्झौता भएको पुल दुई वर्षभित्रै निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको थियोरु। तर, अहिलेसम्म अधुरै छ । दैलेख खण्डमा पर्ने गोठखोला र कुमाले खोलामा साढे चार करोडमा पुल निर्माणका लागि २०६८ मा सम्झौता भएको थियो । बिटी धर्मेन्द्र जेभी निर्माण कम्पनीले काम नगरेपछि सरुवा र सुनकोसी र कविर जेभीलाई दिएको थियो । तर, ती कम्पनीमा पनि काम नगरेपछि अधुरै छ ।
यसैगरी, कर्णाली राजमार्गको बिहानी खोला, खल्लाघाट, घट्टेखोला, कालेखोला, टाकुल्ला खोला, छिडेना खोला, बालीघाट, सिम्ला खोला, किटु खोला, शाही खोला वर्षौंदेखि अधुरै छन् । कर्णाली राजमार्गमा निर्माणधीन दर्जनभन्दा बढी पुल अलपत्र परेका छन् । निर्माण कम्पनी र सरकारी निकायको लापरबाहीले पुल अधुरै रहेका हुन् । पुल अलपत्र हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । दशकअघि कर्णाली राजमार्गलाई सहज बनाउन दर्जनभन्दा बढी स्थानमा
पुल निर्माण गर्न सुरु गरिएको थियो । ती पुल अहिले पनि निर्माण भएका छैनन्रु। अधिकांश पुल अधुरै छन् । जसले गर्दा यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरिरहेको छ ।
काम नगर्ने केही कम्पनीलाई कालोसूचीमा राखेको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख बेलबहादुर भुजेलले बताए । बाँकी काम नयाँ कम्पनीलाई जिम्मा दिइएकाले काम हुने उनको विश्वास छ । कर्णाली राजमार्गका साना–ठूला पुल निर्माणका लागि विश्व बैंकले ७६ करोड सहयोग गरेको छ ।
कर्णाली राजमार्ग दैलखको झक्सीखोला पुल निमार्णका लागि पाँच जना ठेकेदार फेरिएका छन् । तर, अझै पनि पुल निर्माण हुन सकेको छैन । सात वर्षअघि झक्सी खोलामा पुल निर्माणका लागि सम्झौता भएको थियो । चारवटा निर्माण कम्पनीले काम नगरी छोडेका थिए । अहिले पाँचौं निर्माण व्यवसायी पूर्णप्रसाद उपाध्यायलाई ठेक्का दिइएको छ ।

प्रकाशित मितिः   २ जेष्ठ २०७६, बिहीबार १५:१३