दुई पत्रकार सम्मानित

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ पुस ।
सुर्खेतमा क्रियाशील दुई जना पत्रकार सम्मानित भएका छन् । स्काई न्यूज दैनिकका सम्पादक आकाशतारा बयक र हाम्रो नयाँ नेपाल दैनिकका कार्यकारी सम्पादक शेरबहादुर थापा शनिवार दुई छुट्टाछुट्टै संस्थामार्फत् सम्मानित भएका हुन् ।
नेपाल डेरी एशोसियशनले पत्रकारिताको माध्यमबाट दुग्ध उत्पादन, कृषिक र व्यवसायीहरूको हितमा योगदान पु¥याएको भन्दै पत्रकार बयकलाई सम्मान गरेको हो ।
त्यसैगरी आदर्श ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो वार्षिक साधारणसभाको अवसरमा शनिवार अर्का पत्रकार थापालाई पनि सम्मान गरेको हो । पत्रकारितामार्फत् सहकारी अभियानमा योगदान पु¥याएवापत उनलाई सम्मान गरिएको हो ।

प्रकाशित मितिः   १५ पुष २०७५, आईतवार १४:००