प्राइमको खुद नाफा डेढ करोड बढी

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ पुस ।
प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एक वर्षमा डेढ करोडभन्दा बढी खुद नाफा गर्न सफल भएको छ । आर्थिक वर्ष २०७४÷०७५ एक करोड ७१ लाख ६५ हजार रूपैयाँ नाफा आर्जन भएको संस्थाले जनाएको छ । संस्थाको शनिवार वीरेन्द्रनगरमा सम्पन्न १८ औं वार्षिक साधारणसभामा दिइएको जानकारी अनुसार करकट्टीपछि एक करोड ३७ लाख रूपैयाँ नाफा बचत गर्न संस्था सफल भएको छ ।
यसैगरी संस्थाले आर्थिक वर्ष २०७४÷०७५ मा दुई अर्ब ६ करोड २३ लाख रूपैयाँ बराबरको कारोबार गरेको छ । एक अर्ब ४७ करोड १० लाख कारोबार गर्ने लक्ष्य लिइएकोमा लक्ष्यभन्दा ५३ करोड ५२ लाख रूपैयाँ बढी कारोबार गर्न सफल भएको संस्थाले जनाएको छ ।
संस्थाले गत वर्ष एक अर्ब ४५ करोड ९१ लाख रूपैयाँ बचत संकलन गरेको छ जुन आर्थिक वर्ष २०७३÷०७४को भन्दा ६२ करोड ८५ लाखले बढी हो । आ.व. २०७४÷०७५ मा संस्थाको शेयर पूँजी एक करोड २० लाखले वृद्धि भइ आठ करोड ३९ लाख पुगेको छ ।
यसैबीच संस्थाको अध्यक्षमा पुनः भूषणकुमार मानन्धर चयन भएका छन् । साधारणसभाले मानन्धरको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा शान्ता केसी चौधरी, सचिवमा विनोद बस्नेत, कोषाध्यक्षमा पूर्णबहादुर बुढाक्षेत्री चयन भएका छन् । सदस्यहरूमा शशीकुमार बिसी, कौशल्यादेवी बस्नेत, लोकेन्द्रबहादुर थापा, रुद्रबहादुर भण्डारी र गणेशबहादुर बस्नेत चयन भएका छन् । यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा नवराज खड्का तथा सदस्यहरूमा योगेन्द्र शाही र कमलाकुमारी खान चयन भएका छन् ।
साधारणसभाको उद्घाटन गर्दै कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्रीले सहकारीले गरिबी निवारणमा महŒवपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । उनले सहकारीका माध्यमबाट कर्णालीको गरिबी र भोकमरी अन्त्य गर्न योगदान पुग्ने विश्वाससमेत व्यक्त गरे । कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्यहरू सीता नेपाली र पद्मा खड्काको समेत सहभागिता रहेको थियो ।
यसैबीच साधारणसभामा उत्कृष्ट बचतकर्तातफ महेशप्रसाद मुलेल, कर्जातपर्फ दिलिपजंग शाही, उत्कृष्ट कर्मचारीमा तुलाराम खत्रीलाई सम्मान गरिएको संस्थाका प्रबन्धक युवराज बस्नेतले जानकारी दिए ।

प्रकाशित मितिः   १५ पुष २०७५, आईतवार १४:०१