राणाकालीन शिक्षा प्रशासन र शिक्षा विकासको संक्षिप्त झलक
विष्णुकुमार खड्का
वि.सं. १९१० असोज २७ (सन् १८५४ अक्टोवर १३) मा स्थापना भएको नेपालको पहिलो औपचारिक शिक्षाको अंग्रेजी माध्यमको प्रारम्भिक स्कुलका प्रथम हेडमास्टर ःच। ऋबललष्लन र प्रथम सुपरीवेक्षक ःच। च्यकक भए ! बंगाली नागरिक मौलवी मुसाफिर ख्वाजा अहमद शिक्षकको रूपमा नियुक्त भएभने वि.सं. १९१५ मा शिक्षा विभागको स्थापना भइ बबरजंग राणा प्रथम डाइरेक्टर जनरल अफ पब्लिक इन्सट्रक्शन नियुक्त भए । वि.सं. १९१५ मा विहारी र कालिका दासलाई वर्षको कम्पनी रु. १२०÷– तलब पाउने गरी दरवार स्कुलको शिक्षक नियुक्त भए पनि बिहारी खारेजीमा परेपछि वि.सं. १९१५ चैत्रमा बंशीधर गोसाइलाई र वि.सं. १९१६ मा हराधुम घोस वार्षिक कम्पनी रू. १५००÷– र रामचन्द्र घोस वार्षिक कम्पनी रू. ७२०÷– तलब पाउने गरी नियुक्त भएका थिए ।
वि.सं. १९२५ मा नारायणहिटी संस्कृत पाठशालामा अध्यापन, प्रशासन र अनुशासन कायम गर्न पण्डित निलदेव पन्त र बाचस्पति पन्तलाई क्रमशः वार्षिक रू. ६००÷– र रू. ३००÷– तलब पाउने गरी नियुक्त गरिएको थियो । वि.सं १९३२ मा भोजपुर, दिङलाको कैलाश डाँडामा बालब्रम्हचारी षडानन्द अधिकारीले संस्कृत पाठशालाको स्थापना गरे भने वि.सं. १९३४ मा सरकारी तवरबाट रानीपोखरी संस्कृत पाठशालाको स्थापना भयो जसको सञ्चालन वडागुुरु ज्यू पण्डित लोकराज पाण्डेको दलानमा भएको थियो । दरवार स्कुलको पहिलो हेडमास्टरका रूपमा रुद्रराज पाण्डे नियुक्त भएका थिए । वि.सं. १९७२ मा सिराहमा खुलेको चन्द्र मिडिल स्कुल र १९८० मा चन्द्र समशेरले खोलेको कन्या पाठशाला पनि अंग्रेजी स्कुलकै प्रशासन र सुपरीवेक्षणबाट निर्देशित थिए ।
वि.सं. १९८९ मा प्रधानमन्त्री भीसमशेरले अंग्रेजी र संस्कृत शिक्षाका लागि छुट्टाछुट्टै डाइरेक्टर रहने व्यवस्था गरेका थिए । संस्कृत शिक्षाको स्तरबृद्धि र आधुनिक विषयको समावेश गराउनुपर्ने आवाजसहित रानीपोखरी पाठशाला र तीनधारा पाठशालाका श्रीभद्र खनाल, पूर्णप्रसाद दवाडी, कमलराज रेग्मी, अच्यूतराज रेग्मी लगायतले वि.सं. २००४ असार १ गते जयतु संस्कृतम् आन्दोलन सञ्चालन भयो । दिण्यदेव पन्तलाई वि.सं. १९५७ चैत्र ६ गते वार्षिक रू. २०००÷– पाउने गरी भाषा पाठशालाको निरीक्षणको जिम्मेवारी दिइएको थियो । वि.सं. १९७६ मा चन्द्रसमशेरले भाषा पाठशालाहरूको निरीक्षण गर्न इन्स्पेक्टरी अफिस खडा गरी नायव वडा गुरु ज्यू पण्डित हेमराज पाण्डेलाई इन्स्पेक्टरको पद दिए । वि.सं. २००३ (सन् १९४६) मा ड्युटी इन्स्पेक्टर आफ स्कुलस् आफिस पूर्वमा जनकपुर र पश्चिममा पाल्पामा खडा गरिएका थिए ।
वि.सं. १९६२ कार्तिकमा स्रेस्ता पाठशालाको स्थापना चन्द्रसमशेरले स्थापना गरी वि.सं. १९६७ कार्तिकमा पास जाँच अड्डाको सनद जारी गरे । वि.सं. १९९३ मा गठित २२ सदस्यीय शिक्षा समितिको सल्लाह बमोजिम वि.सं. १९९४ मा श्रेस्ता पाठशालाको नियमावली जारी गरी पहिलो पठक प्राथमिक स्कुलको पाठ्यक्रम प्रकाशन गरियो । वि.सं. १९९४ चैत्र ७ गते आइतवार पास जाँच अड्डाको नयाँ सवाल घोषणा भएपछि ‘क’ मेल र ‘ख’ मेलमा विभाजन गरियो । वि.सं. १९६७ कार्तिकमा गठन भएको पासजाँच अड्डाको पहिलो तालुकवाला हाकिम वडा गुरु ज्यू पण्डित लोकराज पाण्डे नियुक्त भए भने वि.सं. १९७२ मा पास जाँच अड्डाको संरचनामा परिवर्तन गरी हाकिम कमाण्डर कर्नेल बहादुरजंग राणा भए र वि.सं. १९७३ मा वडा गुरु ज्यू पण्डित हेरम्वराज पाण्डेलाई हाकिम नियुक्त गरिए । वि.सं. १९५७ असारमा सुनधारा, काठमाडौंमा नेपालको पहिलो मेडिकल स्कुल स्थापना भयो । वि.सं. १९८७ फागुन १९ मा बसन्तपुरको कुमारी चौकमा टेक्निकल स्कुलको स्थापना भयो । वि.सं. १९९० मा जुद्धसमशेरले सिभिल मेडिकल स्कुल स्थापना गरे र वि.सं. १९९१ वैशाख १ गते टेक्निकल स्कुल अन्तर्गत नेपाल आर्ट स्कुलको स्थापना गरे । वि.सं. १९८९ मा जुद्धसमशेरले कृषि स्कुलको स्थापना गरे भने वि.सं. १९९३ मा उद्योग परिषद् स्थापना भयो । वि.सं. १९९४ मा नाचघर र वि.सं. २००१ चित्लाङमा भेडा बुद्धि केन्द्रको स्थापना भयो । यसैबीच वि.सं १९८३ मा तुलसीमेहरले चुन्द्रकामधेनु चर्खा प्रचार मुहागुठीको स्थापना गरे भने वि.सं. १९८५ मा चन्द्रसमशेरले राजकीय आयुर्वेदिक पाठशालाको स्थापना गरे । वि.सं. २००४ मा वन विभाग वन विभाग अन्तर्गत रेन्जर र फोरेस्टरहरूको तालिम सञ्चालन भयो ।
वि.सं. १९५५ मा वीर समशेरको पालामा भारतीय महिला गंगावाइले कन्या शिक्षा सञ्चालनको प्रयास गरिन् । वि.सं. १९५८ वैशाख ३० गते काठमाडौं उपत्यकाभित्र ३ वटा कन्या पाठशाला खोल्न देवसमशेरले रू. ४०८०÷– को बजेट बिनियोजन गरेका थिए । वि.सं. १९८० असार २२ (सन् १९२३ जुलाइ ६) मा चन्द्रसमशेरले काठमाडौंको ढाकाटोलमा कन्या पाठशाला खाले भने वि.सं. २००३ मा लेखराज्यलक्ष्मी राणा एसएलसी पास गर्ने पहिलो महिला बनिन् । वि.सं. २००४ असारमा कन्यालाई अंग्रेजी पढाउने पहिलो हाइस्कुलको रूपमा पद्मकन्या विद्याश्रम स्थापना भयो र वि.सं २००४ मा नै कन्या मन्दिर शान्ति निकुञ्ज जनस्तरमा स्थापना भयो वि.सं. २००७ भदौ १६ मा मोहनकन्या मिडिल स्कुल स्थापना भयो जसको प्रधानाध्यापिका मल्लिका भट्टराइ बनिन् । वि.सं. २००४ जेठ १० गते आधार स्कुलका अध्यापक र शिक्षकलाई तालिम दिन ताहाचल, काठमाडौंमा आधार शिक्षक प्रशिक्षण केन्द्रको स्थापना भयो भने वि.सं. २००४ जेठ २२ गते पद्मसमशेरले विद्यालय खोल्न लगाएको अंकुश खुकुलो बनाइदिए । वि.सं. २००४ मा काठमाडौं, जनकपुर र पाल्पा गरी ३ क्षेत्रमा शैक्षिक प्रशासन विभाजन गरी जनकपुर र पाल्पामा दुई इन्सपेक्टर अफ स्कुल्स् रहने व्यवस्था मिलाइयो । वि.सं. २००४ कार्तिक ७ गते बिहीवार केशरसमशेरबाट आधार शिक्षाको समुद्घाटन भएको थियो । यसैबीच वि.सं. २००५ असोज १५ गते ‘नेपाल शिक्षा’ नामक मासिक पत्रिका पहिलो पटक प्रकाशित भएको थियो । वि.सं. २००५ भदौ ९ गते मन्टेश्वरी स्कुलको स्थापना मोहन समशेरले गरेका थिए जो नेपालको पहिलो प्रि–प्राइमेरी मन्टेश्वरी स्कुल थियो ।
श्री ३ जंगबहादुर राणाले ल्हासमा दुई जना शिक्षक दरबन्दी रहेको मुन्सिखाना अन्तर्गत वि.सं. १९३२÷३३ तिर प्रारम्भिक पाठशाला स्थापना गरेका थिए । जसले बेलायत, चीन, र तिब्बतसँगको सम्बन्ध हेथ्र्यो । चीन र तिब्बतका बारेमा ‘जैसीकोण’ र भारतीय सम्बन्धका बारेमा ‘अलैंची कोठीले’ हेथ्र्यो । वि.सं. १९७५ मा त्रिभन्द्र कलेजको स्थापना भयो जसको प्रशासक प्रिन्सिपल बटुकृष्ण मैत्रेय थिए । वि.सं. १९६९ (सन् १९१२) मा राममणि आदिको अध्यक्षमा गोरखा भाषा प्रकाशनी समिति स्थापना गर्न चन्द्रसमशेरले खड्ग निशाना लगाइदिएपछि वि.सं १९७० फागुन २ गते शुक्रवार गोरखा भाषा प्रकाशिनी समितिको स्थापना भयो ।
वि.सं. १९९७ असोज १८ गते बिहीवार (सन् १९४० अक्टोवर ३) नेपाली भाषा अनुवाद परिषद्को स्थापना भयो, जसको हाकिममा पुष्कर समशेर नियुक्त भए । यसैबीच वि.सं. १९९० कार्तिक १६ गते बुधवार (सन् १९३३ नोभेम्बर १) एसएलसी वोर्डको स्थापना भइ पुसको अन्तिम हप्ताबाट पहिलोपटक नेपालमै एसएलसी सञ्चालन भयो । वि.सं. २००५ भदौ १० गते बुधवार (सन् १९४८ अगष्ट २५) मा डाइरेक्टर जनरल अफ पब्लिक इन्सइक्शन मृगेन्द्र समशेरको अध्यक्षतामा २५ सदस्यीय प्रथम विश्वविद्यालय योजना सभा गठन भयो । यसरी राणा कालमा औपचारिक शिक्षाको सुरुवात भएको भन्न सकिन्छ ।
साझा बिसौनी ।