बुढाबुढी भन्ने कि नभन्ने ?

पृथ्वीबहादुर सिंह
संसारका सबै प्राणिहरूमध्ये मानिस सबैभन्दा सर्वश्रेष्ठ प्राणी मानिन्छ । जब मानिस सुरुमा जंगली अवस्थामा थियो अन्य जंगली जनावरजस्तै बाँच्नको लागि संघर्ष गर्नुपथ्र्यो । ऊसँग आज जस्तो बोल्ने भाषा र लगाउने कपडा थिएन । प्रकृतिसँग लड्ने शरीरभरी रौंद्वारा नग्न थिए । यौन क्रिया पनि पशुजस्तै थियो । प्रकृतिसँग जुधेर बाँच्नु पर्ने भएकाले सुरुका मानवहरू धेरै बलवान हुन्थे । अहिले पनि हामी विभिन्न धार्मिक ग्रन्थ होस् वा पौराणिक राम्रो काम गर्ने देवता र नराम्रो काम गर्ने राक्षस नामाकरण गर्ने पनि मानिस नै थिए । धेरै कथा–कहानी आज धर्मग्रन्थहरूमा पृथ्वीको थोरै भू–भागको वर्णन पाइन्छ । मानवको लागि पृथ्वी उत्पत्ति समय जहाँ सजिलैसँग खाना, बस्न स्थान मिल्यो त्यही भू–भागमा घुमन्ते जीवन विताउने बच्चा हुर्काउने गथ्र्यो ।

हजारौं–करोडौं वर्षपछि मानिसले जंगली पशुपन्छी खाँदै जाँदा वनमा उम्रेका बिरुवाबाट फल र अन्नबाट पनि बाँच्न सकिन्छ भनि पत्ता लगाउन पुग्यो । आगोको पहिलो खोजपछि पकाएर खाँदा मिठो हुने भएपछि र सोही खाएर बाँच्न सकिने भएपछि पृथ्वीको एक स्थानमा बसी खेती सुरु ग¥यो । एक स्थानमा बसेर बाली उत्पादन गर्दा त्यसको सुरक्षा र स्याहार्नु पर्दा स्थायी बास बस्न लाग्दा घुमन्ते जीवन अन्त्य हुन गएको हो ।
मानिसमा अन्य जनावर भन्दा विवेक बढी भएकोले विस्तारै भाषाको विकास गर्न थाल्यो । सुरुका भाषामा धेरै लामो समय एक मानवले अर्को मानव पुस्तामा कत्थ्य इतिहास राख्न थाल्यो । आफ्नो अनुवंश एक जमात भएर खाना उत्पादनदेखि सुरक्षाका लागि वथान भएर रहँदा रहँदै समाज र राज्यको उत्पत्ति भयो । विस्तारै धेरै खोजविन पछि सामूहिक यौनबाट मानव उत्पत्ति हुने पत्ता लगाएर हाड नातामा विवाह नगर्ने, एकानिष्ट विवाह नीति समाजमा बसालिन गयो । सुरुका मानव समूहमा बलियाले निर्धालाई बलपूर्वक आफ्नो स्वार्थ पूरा गर्न बाध्य बनाउँदै जाँदा निरंकुश राजाको जन्म हुन गएको हो । त्यो युगलाई वरवर युग भनिन्छ । त्यो युगमा निर्धाले बाँच्न नपाउने भएपछि त्यही समूहमा विधुशीहरूको जन्म हुँदै जाँदा, नीति नियम बनाउँदै जाँदा, बृद्ध हुँदै जाँदा, बुबा, आमा, बाजे, बज्यैको सबैले सम्मान गर्ने संस्कारको विकास हुँदै गयो ।
त्यही बरबर युगमा एउटा मानव समूहबाट फाटेर अर्को स्थानमा पुगे । उनीहरूले फरक धर्म–संस्कार, भाषा पनि प्रतिवादन गरे । एउटा समूहले अर्को समूहको उत्पादन जनता लुट्ने क्रम बढेर मानिसहरू भागेर संसारभर फैलिदै गए । प्रायः मानिस उचो स्थानबाट निचो स्थानतिर विस्तारै बसाई सर्दै आएको छ भन्ने प्रौराणिक ग्रन्थहरूले बताउँछन् । जतिजति पृथ्वीका सुगम बस्ती विस्तार गर्न सकिने भए त्यतातिर सन्तान बढ्दै गएको हो ।
मानिसमा संवेदना बढी भएकोले आफ्नो खाना पनि आफ्नो बच्चा वा अरुका बच्चा समेतको खाना, लगाउनेमा हेरचाह गर्दछ । यसरी मानव विकास हुँदै जाँदा मानव सुरक्षा लागि बनाएका नीति नियमहरू कालान्तरमा धर्ममा परिवर्तन हुन पुगे । मानव चेतनाले मानवीय सुविधाको लागि अनेकौं अन्वेषण गर्दै आफ्नो समूहको सुरक्षा पराक्रम गर्ने व्यक्तिको मृत्युपछि पितृ पूजा गरेपछि सुरक्षा दिर्घायू बाँचिन्छ भनि पुज्न थाल्यो । वंशज रूपमा गोत्र वंश त्यहीलाई मान्दै जान थाल्यो । त्यहीबाट स्वर्ग भएको कल्पना गर्दै स्वर्ग पठाउन पितृपूजा गर्न थाल्यो । सानो रुखको मुनी पितृ पूजा गर्न थालेको मानिसको सन्तानले कालान्तरमा ठूला–ठूला मन्दिर निर्माण गरी धार्मिक स्थल, धार्मिक ग्रन्थ थप अनेकौं कथ्य गर्न पुगेको हो ।
यसरी पितृ पूजा गर्न पुगेको मानिस फरक–फरक धर्म संस्कार जन्म गर्दै आ–आफ्ना पूर्खाले सिर्जना गरेका जीवन जिउन अनेकौं विधिलाई धार्मिक ग्रन्थ लेख्य विधिको विकास गर्दै जान सक्ने भएपछि त्यही पूर्खाको महानवाणीको जगमा टेकेर अनेकौं शब्द सञ्जाल थप्दै धर्ममा शोषणसम्म गर्ने गर्दै आएको छ । मानिस आफ्नो पूर्खाको पराक्रममा टेकेर एउटै कुलवंशले राजा हुने धर्म गुरु हुने त्यहीमा टेकेर अनेकौं मावन शोषण अन्याय अत्याचार गर्न थालेपछि त्यसको विरुद्ध पनि जनविद्रोह भइ राज संस्था अन्त्य गरेर प्रजातान्त्रिक गणतान्त्रिक परिपाटी पनि स्थापना हुन पुगे । धार्मिकमा पनि शोषणकोविरुद्ध युरोपमा नौ वर्ष धार्मिक क्रान्ति भयो । विश्वका अनेकौं मुलुकमा त्यही धर्मको आडमा राज्य चलाउने राज्य धर्म हटाउन पुगे ।
आफ्नो बुबा आमाले हुर्काएका सम्पत्ति आर्जन गरेका बुबा आमालाई बृद्ध अवस्थामा बुढाबुढी भनि हेला गर्ने खाना लगाउन नदिने छोराछोरी समाज अवहेलना गर्दा कति बृद्ध अवस्थामा मागी खाने, कति अप्राकृतिक मृत्यु वरण गर्न आधुनिक युगमा आएर हेला होचोले पु¥यायो । धार्मिक युग सत्ययुग भनिने प्राचीन साम्यवादमा बाबुआमालाई सम्मानपूवर्कक लालनपालन गरेको हाम्रो संस्कारमा पढिने पाठ्यक्रममा दृष्टि गुमाएका बाबुलाई बोकेर लालनपालन गर्ने श्रवण कुमारबारे पढिन्थ्यो । मध्यकालमा बुढाबढीलाई सम्मान गर्ने, खाना र लगाउने लगायतका सुविधा पुर्याउनु छोराछोरीको धर्म हो भनिन्थ्यो । तर जति आधुनिककाल आयो त्यति नै एकल परिवार अलग बस्ने बाबुआमा स्याहार नगर्ने प्रवृत्ति बढ्दै गयो ।
इ.सं. १९१७ अंकुर क्रान्ति माक्र्सवादी क्रान्ति सम्पन्न भएपछि सोभियत रुसबाट बृद्धशाला र भत्ता दिन थालेपछि यो क्रम अहिले पश्चिम राष्ट्रहरूले अनुकरण गरेर राज्यले बृद्धहरू बृद्धशाला राज्यभत्ता व्यवस्था गरेर बृद्ध अवस्था जीवन गुणस्तरीय जीवन दिलाइरहेका यो स्तम्भकार युरोप पुगेर हेरेको प्रत्येक्ष अनुभव छ । बोल्दा पनि उनीहरूको संवेदनामा चोट नपुगोस् भन्ने सम्मान सूचक शब्द प्रयोग गरिन्छ । बुबा आमा आर्जन सम्पत्ति छोराछोरीलाई दिन पनि सक्ने, नदिन पनि सक्ने कानुन बनाएका छन् ।
संसारमा यतिविधि बृद्धहरू लागि विकास भइसकेपछि हाम्रो देशमा मनमोहन सरकारले ७५ वर्ष पुगेकालाई १०० बृद्धभत्ता शुरु गराए । यसले वृद्धवृद्धालाई सहयोग पुगेको छ । उक्त वृद्धभत्ता पनि सरकार परिवर्तनसँगै बढ्दै गएको छ । तर नेपालीको औषत आयु अझै नबढेकाले उमेर ६५ र भत्ता रकम पनि समयअनुकुल वृद्धि गर्नुपर्ने देखिएको छ ।
मानव एउटा चेतनशील प्राणी भएकोले बोलिने शब्दहरू सम्मानपूर्वक बोलिनु पर्छ भन्ने ध्ययेका साथ पछिल्लो समय परम्परागत कतिपय शब्दहरू परिमार्जित भएका छन् । हाम्रो तर केही यस्ता शब्दहरू अझै पनि प्रचलित छन् । हाम्रो पश्चिम नेपालमा वृद्ध मानिसलाई बुढाबुढी भनेर सम्बोधन गरिन्छ । तर यि शब्दले बृद्धलाई केही हदसम्म भएपनि भावनात्मक चोट पुग्ने गरेको छ । भारतमा वृद्धलाई काका, अंकल, अन्टी लगायतका शब्दले सम्बोधन गरिन्छ । नेपालकै पूर्वमा बुवा, आमा, हजुरबुवा, हजुरआमा भनि पुकारिन्छ । आफ्ना पुस्ताका लागि बृद्धबृद्धाहरूलाई सम्मान सूचक शब्दहरू प्रयोग गर्दा बजारबाट खरिद गरी मूल्य चुकाउनु पर्दैन होला र अर्को पक्ष आजका युवायुवतीले म पनि बृद्ध अवस्थामा पुग्नेछु भन्ने हेक्का राख्नुपर्ने होइन र ? त्यस्तै यातायातका साधनमा विकशित मुलुकहरू बृद्धहरूको लागि बस्ने सीटसमेत छुट्टै व्यवस्था गरेको हुन्छ । हाम्रो नेपालमा त्यस्ता सीट व्यवस्थापन गर्दै गए एकपटक सबै बृद्ध हुँदा त्यो व्यवस्थापन उपयोग गर्न पाउने स्थापित व्यवस्थापन होइन र ? जीवनमा लामो अनुभव संगालेका उनीहरू अनुभवलाई ग्रहण गर्ने र आजका युवा, भोलीका वृद्धले त्योे व्यवस्था प्रयोग गर्न पाइने छ भन्ने हेक्का राख्दै बड्डाबड्डी वा बुढाबुढी भन्ने कि नभन्नेबारे बिचार गर्न एक पटक युवायुवतीहरूमा विनम्र आग्रह छ ।

प्रकाशित मितिः   २६ असार २०७५, मंगलवार १४:२९