बड्डिचौरमा छुवाछुत उन्मूलन दिवस

दशरथ शर्मा
सुर्खेत, २१ जेठ ।
‘सबै प्रकारका जातीय भेदभाव र छुवाछुतको समूल अन्त्य गरौं, सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्न एकजुट होऔँ’ भन्ने मूल नाराका साथ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०७५ बराहताल गाउँपालिकाको बड्डिचौरमा पनि मनाइएको छ ।
साझा आवाज परियोजनाको आयोजना तथा बराहताल गाउँपालिकाको समन्वयमा वडा
नं. ५ को बड्डिचौरमा ¥याली समेत निकालिएको थियो । ¥यालीपछि कोणसभामा बोल्दै गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले गाउँपालिकामा जातीय भेदभाव न्यूनीकरण हुने खालका नीति तथा कार्यक्रम निर्माण गर्ने बताए । उनले जातीय भेदभाव तथा छुवाछुत ऐन अक्षरश पालना गराउने प्रतिबद्धता समेत जनाएका छन् ।
गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी शर्माले देश जातीय भेदभावमुक्त घोषणा भइसकेकाले अब व्यवहारमा पनि सबै प्रकारका भेदभाव र छुवाछुत अन्त्य गर्नुपर्ने बताइन् । कार्यक्रम नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतका सदस्य शशीराम सुनारको अध्यक्षतामा कार्यक्रम सम्पन्न
भएको हो ।
यसैबीच जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा यूरोपियन यूनियनको सहयोग तथा फिन चर्च एड, मिडिया एड्भोकेसी ग्रूप र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले संयुक्त रूपमा सञ्चालन गरिरहेको साझा आवाज परियोजनाको आयोजनामा सुर्खेतसहित, जाजरकोटको शिवालय गाउँपालिका र कालिकोटको नरहरिनाथ गाउँपालिकामा पनि जनचेतनामूलक ¥याली निकालिएको छ । (प्रशिक्षार्थी)

प्रकाशित मितिः   २२ जेष्ठ २०७५, मंगलवार १५:१३