आजदेखि दोस्रो संसद अधिवेशन
साझा बिसौनी संवाददाता
सुर्खेत, १० जेठ ।
कर्णाली प्रदेशको दोस्रो संसद अधिवेशन आज (शुक्रवार) देखि सुरु हुँदैछ । गत वैशाख १६ गते पहिलो अधिवेशन सम्पन्न गरेको प्रदेशसभा सचिवालयले बजेट अधिवेशन शुक्रवार आव्हान गरेको हो । मन्त्रिपरिषद्बाट भएको निर्णय अनुसार प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेपछि अधिवेशन आव्हान गरिएको हो ।
सभामुख राजबहादुर शाहीले दिएको जानकारी अनुसार एक बजेदेखि अस्थायी संसद भवनमा दोस्रो अधिवेशनको पहिलो बैठक सुरु हुनेछ । सचिवालयको कार्यतालिका अनुसार अधिवेश आव्हान सम्बन्धी प्रदेश प्रमुखबाट प्रदेश सभा सचिवालयलाई प्राप्त पत्र संसदमा सुनाउने छन् भने, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट पेश भएको बजेट माथिको उद्देश्य, नीति, सम्बन्धी पत्र सुनाउने छन् ।
त्यस्तै अधिवेशनको पहिलो बैठकमा आकस्मिक कोष विधेयक–२०७५, महान्यायधिवक्ताको सेवा सुविधा सम्बन्धी विधेयक–२०७५, गाउँसभा÷नगरसभाको कानुन निर्माण सम्बन्धी विधेयक–२०७५ र संसद सञ्चालन नियमावलीको कर्मचारी सेवा सम्बन्धी नियमावली–२०७५ पेश गर्ने कार्यसूची रहेको सभामुख शाहीले बताए ।
साझा बिसौनी ।