हङकङले नेपाललार्इ दियो १ सय ५४ रनको लक्ष्य

विश्वकप छनोट अन्तर्गत समूहचरणको अन्तिम खेलमा नेपालले हङकङबाट १ सय ५४ रनको लक्ष्य पाएको छ।

टसजितेर पहिले ब्याटिङ गरेको हङकङले ४८.२ अोभरमा सवै विकेट गुमाएर १ सय ५३ रन बनाएको हो। हङकङका निजाकत खानले ४७, इहसान खानले २५, बाबर हायतले २० रन बनाए।

नेपालका सन्दीप लामिछानेले तीन, बसन्त रेग्मी र करण केसीले समान २ विकेट लिएका थिए।

खेलमा हङकङले टस जितेर ब्याटिङ रोज्ने निर्णय गरेको थियो।

लगातार सुरुवाती तीन खेल हारेको नेपालको दोस्रो चरण(सुपरसिक्स)मा पुग्ने सम्भावना हङकङलार्इ फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तानलार्इ रनरेटले पछि पारेमात्रै रहन्छ। यता, हङकङलार्इ दोस्रो चरणमा प्रवेश गर्न भने नेपाललार्इ पराजित गरेमात्रै पुग्छ।

प्रकाशित मितिः   २८ फाल्गुन २०७४, सोमबार १६:४६