विश्वकप छनोट : नेपालले अफगानिस्तानलाइ दियो १९५ रनको लक्ष्य

आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले  अफगानिस्तानलाइ एक सय ९५ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९४ रन बनायो ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ७५ रन बनाए । त्यसैगरी ज्ञानेन्द्र मल्लले २३, अनिलकुमार शाहले ७, दिलिपसिह एेरीले ३२, आरिफ शेखले २३, सोमपाल काकी र बसन्त रेग्मीले ९/९, करन केसीले ६ र रोहितकुमार पौडेलले १ रन मात्रै जोडे । सन्दिप लामिछाने र ललित राजवशीले कुनै रन जोड्न सकेनन् ।

अफगानिस्तानले अबको केही समयमै ब्याटिङ गर्नेछ । टप सिक्समा पुग्न नेपाल र अफगानिस्तान दुवैलाइ आजको खेल्नै जित्नैपर्ने बाध्यता छ ।

 

प्रकाशित मितिः   २६ फाल्गुन २०७४, शनिबार १६:३७