लिस्ट ए क्रिकेटमा पारस खड्काको कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का लिस्ट ए क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

स्कटल्याण्डविरुद्धको जारी खेलसहित पारसले तीस वटा लिस्ट ए का खेलहरु खेल्दै एक हजार रन पूरा गरेका हुन्। उनले सन् २०१४ जनवरी १३ मा युएईविरुद्धको खेलबाट लिष्ट ए खेलमा डेब्यू गरेका थिए।

स्कटल्याण्डविरुद्ध जारी खेलमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेपनि पारस सम्हालिएर खेलिरहका छन्।  सोमपाल कामीले अर्को तर्फबाट उनलार्इ साथ दिइरहेका छन्।

नेपालले दोस्रो अोभरको पहिलो बलमै उपकप्तान ज्ञानेन्द्र मल्ललार्इ गुमाएको थियो। सफायन सरिफले उनलार्इ १ रनमै बोल्ड पारेका थिए।

तेस्रो अोभरको दोस्रो बलमा नेपालले अर्का अोपनर दीलिप नाथलार्इ गुमायो। स्ट्रुट हाइटिंघमले उनलार्इ ४ रनमा खेलिरहँदा एलबिडब्लु अाउट पारेका थिए।

यस्तै, पाँचौ अोभरको पहिलो बलमा दीपेन्द्रसिंह एेरीलार्इ १ रनमै एलबिडब्लुको सिकार बनाएका हाइटिंघमले अर्को बलमा शरद भेषावकरलार्इ बोल्ड पारेका थिए।

सातौं अोभरकाे अन्तिम बलमा नेपालले अारिफ सेखलार्इ २ रनमै पाँचौ विकेटका रुपमा गुमाएको थियो।

प्रकाशित मितिः   २४ फाल्गुन २०७४, बिहीबार १४:४६