प्रदेशस्तरीय क्रिकेट : सल्यानद्धारा दैलेख पराजित
सुर्खेत, २३ फागुन । कर्णाली प्रदेशस्तरीय टि–२० क्रिकेटमा सल्यान विजयी भएको छ । आज भएको पहिलो खेलमा सल्यानले दैलेखलाई नौं विकेटले पराजित गरेको हो ।
टस जितेर पहिलो ब्याटिंग गरेको दैलेखले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनायो । दैलेखका पदम शाहीले सर्वाधिक ४७ रन बनाएभने अन्य ब्याट्सम्यानले उल्लेखनिय प्रदर्शन गर्न सकेनन् ।
सल्यानका लागि समिप श्रेष्ठले ३ तथा चन्द्र बिसीले दुई विकेट लिए ।
९३ रनको लक्ष्य पछ्याएको सल्यानले ९ दशमलव १ ओभरमा एक विकेट मात्र गुमाएर लक्ष्य पुरा गर्यो । सल्यानका लागि चन्द्र बिसीले ४३ तथा राजु थापाले ३२ रनको योगदान गरे । ४३ रन बनाउनुका साथै दुई विकेट लिएका सल्यानका चन्द्र बिसी खेलको म्यान अफ दि म्याच बनेको सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए ।
प्रकाशित मितिः २३ फाल्गुन २०७४, बुधबार १४:०७
साझा बिसौनी ।