प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

संसद्को सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध रिट परेको हो।

सपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गरेका हुन्।

रिटमाथि शुक्रबारका लागि पेशी तोकिएको छ।

ओलीले सङ्घीय ससद सदस्यको रुपमा सपथ नलिदै उनी प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने ससदबाट विस्वासको मत लिन पनि बाँकी नै छ ।

प्रकाशित मितिः   २३ फाल्गुन २०७४, बुधबार १३:१२