श्रुती खड्का बनिन् ‘मिस सुर्खेत’

सुर्खेत, २० फागुन । वीरेन्द्रनगरकी श्रुती खड्काले मिस सुर्खेत २०१८ सिजन २ को उपाधि जितेकी छन् । अन्तिम ८ प्रतिस्प्रधीहरुलाई उछिन्दै खड्काले मित सुर्खेतको ताज पहिरिएकी हुन् ।

मिस सुर्खेतको दोस्रो संस्करणको विजेता बनेकी उनले ५० हजार रुपैयाँ प्राप्त गरिन् । उपाधि जितेपछि खड्काले आफूलाई जिम्मेवार र समाजप्रति उत्तरदायि बनाउन प्रतियोगिताले उत्प्रेरणा प्रदान गरेको बताईन । ‘यसले आफूलाई अझ बढी जिम्मेवारी बनाएको छ । अबको समय समाजका लागि रचनात्मक कार्यमा बिताउने संकल्प गर्छु,’ उनले भनिन् ।

प्रतियोगीताको फस्ट रनर अफ तिलस्मा गौतम भईन भने आईसा गुरुङले सेकेन्ड रनरअपको उपाधि हात पारिन् ।
गत पुसबाट सुरु भएको मिस सुर्खेत प्रतियोगिता सुर्खेत महिला जेसिज वर्ष २०१८ र मुन मिडिया हाउसले आयोजना गरेका हुन् । उक्त प्रतियोगितामा सुर्खेतका १५ जना युवतीले भाग लिएका थिए ।

मोडलिंग क्षेत्रमा अघि बढ्न चाहनेहरुलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मितिः   २० फाल्गुन २०७४, आईतवार १२:५७