विश्वकप छनोटमा आज नेपाल र जिम्बावे प्रतिस्पर्धा गर्दै
नेपाल भर्सेस जिम्बावे
स्थान– क्विन्स स्पोट्स क्लब, बुलावायो, जिम्बावे
प्रतिस्पर्धा– एकदिवसीय विश्वकप छनोट, म्याच ३
मिति– फागुन २० गते आइतबार, दिउँसो : १:१५ बजे
काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटमा आज नेपाल र जिम्बावेबीच प्रतिस्पर्धा हुँदैछ। खेल जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोट्स क्लबमा दिउँसो सवा एक बजेदेखि सुरु हुनेछ।
नेपालले जिम्बावेको सिनियर टिमसँग एकदिवसीय खेलमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। अर्कोतर्फ नेपालका लागि आज जिम्बावेमा पहिलो अौपचारिक खेल हुनेछ।
प्रतियोगिताअघि भएको वार्मअप खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो। वर्षाले प्रभावित खेल २९ ओभरमा घटाइएको थियो। पहिले ब्याटिङ गरेको युएईलाई १ सय ७१ रनमा रोक्ने क्रममा नेपालका लागि तीब्र गतिका बलर ललित भण्डारीले ४ विकेट लिँदा करण केसीले ३ र ललित राजवंशीले २ विकेट हात पारेका थिए। खेलमा नेपालले पहिलो रोजाइका स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीलाई आराम दिएको थियो।
अफगानिस्तान विरुद्धको सिरिज गुमाएपनि जिम्बावेले नेपाल भन्दा बलियो टिम हो। त्यसैले जिम्बावे पहिलो खेलमा राम्रो सुरुवात गर्नेमा आत्मविश्वासी छ। आइसिसीले ‘नयाँ अफगानिस्तान’को संज्ञा दिएको नेपाल पनि प्रतियोगितामा स्तब्धपूर्ण नतिजा निकाल्न सक्षम टिम हो। कप्तान पारस खड्काले आइसिसीलाई दिएको अन्तर्वार्तामा आश्चर्यजनक नतिजा निकाल्ने बताएका थिए। त्यो आश्चर्यजनक नजिता जिम्बावे विरुद्धको खेल पनि हुन सक्नेछ।
क्विन्स स्पोट्स क्लबको तथ्यांक
पहिलो इनिङको औसत रन– २३५ रन
दोस्रो इनिङको औसत रन– २०६ रन
उच्चतम रन– ३९७/५
न्यूनतम रन– ११८/१०
उच्चतम लक्ष्य पार – ३२९/९
न्यूनतम लक्ष्य डिफेन्डेड– २११/६
नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी।
जिम्बावे टिम
ग्रिम क्रेमर (कप्तान), टेन्डाइ चातारा, टेन्डाइ चिसोरो, क्रियाग इर्भिन, केल जर्भिस, हामिल्टन मासाकाड्जा, सोलोमन मिरे, पिटर मूर, सिकन्दर राजा, ब्रेन्डर टेलर (विकेटकिपर), ब्रियन भिटोरी, म्याकलम बलर, सिन विलियन्स, चेपास जुआओ।
साझा बिसौनी ।