जीप दुर्घटनामा चार जनाको मृत्यु

पूजा भण्डारी
दैलेख, १० फागुन ।
दैलेखको महाबु गाउँपालिकामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकामदेखि गैडाबाजतर्फ जाँदै गरेको लु १ ज ३५३२ नम्बरको जीप महावु–४ ओखलढुङ्गामा दुर्घटना भएको हो ।
दुर्घटनामा महावु गाउँपालिका वडा नम्बर ३ का २२ वर्षीया निर्मला पाण्डे, वडा नं. ६ का निर्मलाकुमारी शाही, वडा नं. ५ काँशीकाँधका ३५ वर्षीया श्रमबहादुर शाही र सुर्खेतका ३० वर्षीया तिलक ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रहरी प्रमुख डिएसपी सरोज पौडेलका अनुसार महाबु–५ का एकेन्द्र शाही, गाडी चालक बखत थापा, महाबु–१ का गाडी मालिक कर्ण मल्ल, नारायण नगरपालिका–२ जहारकोटका रमेशकुमार थापा घाइते भएका छन् ।
उकालो सडकमा ब्रेक फेल हुँदा जीप दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रकाशित मितिः   ११ फाल्गुन २०७४, शुक्रबार १५:०६