गजल प्रतियोगिता

सुर्खेत, २४ चैत । (साबिस)
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी सुर्खेतको आयोजनामा प्रगतिशील गजल प्रतियोगिता बुधवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । एमाले नेता स्वर्गीय ऋषिप्रसाद शर्माको आठौं स्मृति दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रतिभा थापा प्रथम, शिव केसी द्वितीय, टीकाराम सापकोटा तृतीय र खडानन्द रेग्मीले सान्त्वना स्थान प्राप्त गरेका छन् । अनेरास्ववियुका पूर्व केन्द्रीय कमिटी सचिवालय सदस्य तथा  ऋषि स्मृति प्रतिष्ठान सुर्खेतका सदस्य टेकेन्द्रकुमार बस्नेतको प्रमुख आथित्यतामा तथा अनेरास्ववियु जिल्ला कमिटी सुर्खेतका अध्यक्ष प्रेम खड्काको अध्यक्षतामा सम्पन्न भएको हो । 
कार्यक्रममा बोल्दै बस्नेतले सहिद ऋषिको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा अनेरास्ववियु सुर्खेतका निवर्तमान अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य डम्मर गरंजा, अनेरास्ववियु केन्द्रीय निर्वाचन आयोगका सदस्य कमल रोकाय, वाङ्मय चौतारी नेपालका अध्यक्ष गणेशभक्त गौतम, मध्यपश्चिम गजल मञ्चका अध्यक्ष खगेन्द्र अधिकारी, गजलकार युवराज शर्मा लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः   २५ चैत्र २०७२, बिहीबार ०७:०१