जीवन शाही बने प्रदेश ६ मा कांग्रेसको संसदीय दलको नेता

सुर्खेत, २६ माघ । नेपाली कांग्रेस प्रदेश नं. ६ को संसदीय दलको नेतामा जीवनबहादुर शाही चयन भएका छन् । कांग्रेस संसदीय दलको वैठकले शाहीलाई नेता चयन गरेको हो ।

शाही हुम्ला निर्वाचन क्षेत्र नं. ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका सांसद हुन् ।
प्रदेश नं. ६ को मूख्यमन्त्री बन्ने आकांक्षासहित शाही प्रदेशसभा सदस्यको चुनाव लडेका थिए । प्रदेशसभामा प्रत्येक्षतर्फ यो प्रदेशबाट निर्वाचन जित्ने शाही एक्लो सांसद हुन् । प्रत्यक्ष र समानुपातिक गरी ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका ६ जना मात्रै सांसद छन् ।

यो प्रदेशमा एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनले सरकार बनाउने निश्चितप्राय छ । गठबन्धनले प्रदेश नं. ६ को मूख्यमन्त्री माओवादीलाई दिने र सभामुख एमालेलाई दिने निर्णय गरिसकेको छ ।