‘संस्थागत विद्यालयको अर्थपूर्ण योगदान’

सुर्खेत, १६ माघ ।
प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री यामलाल कँडेलले सामुदायिक विद्यालयहरूलाई राज्यले लगानी गरे अनुसारको प्रतिफल नदिरहेको अवस्थामा संस्थागत विद्यालयहरूले भने शैक्षिक गुणस्तर उकास्न गरेको आफ्नै प्रयास सन्तोषजनक रहेको बताएका छन् । मंगलवार वीरेन्द्रनगर–४ स्थित जनप्रिय माविको १५ औं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सुर्खेतको मात्र नभइ नेपालको शैक्षिक अवस्थालाई राम्रो बनाउन संस्थागत विद्यालयहरूले महŒवपूर्ण भूमिका खेलेको जनाए ।
विद्यालय सञ्चालन समितिका अध्यक्ष हरिहरनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सनका केन्द्रीय उपाध्यक्ष नवराज गुरुङ्ग, पूर्व उपाध्यक्ष सागर भुषाल, प्याव्सन सुर्खेतका अध्यक्ष वेदप्रकाश ढकाल, सचिव दलबहादुर गुरुङ्ग, वडा नं. ४ का वडा अध्यक्ष निलकण्ठ खनाल, अभिभावक संघका अध्यक्ष सरस्वती गौतम लगायतले विद्यालयको प्रगतिको शुभकामना दिएका थिए । सो अवसरमा २०७३ को एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने अभिभावकहरू राजु गुरुङ्ग र टीका घलेलाई पनि सम्मान गरिएको थियो । विद्यालयका प्रिन्सिपल यामराज गिरीले विद्यालयको विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै उक्त, अवसरमा विद्यार्थीहरूले मार्चपास तथा सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।

प्रकाशित मितिः   १७ माघ २०७४, बुधबार १५:४२