बाढीपीडित शिविरमा रोगको संक्रमण

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ पुस ।
वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा रहेका बाढीपीडित शिविरमा सरुवा रोगको संक्रमण फैलिएको छ । चिसो बढेसँगै विभिन्न रोगहरूको संक्रमण फैलिएकाले शिविरमा रहेका बालबालिका र वृद्धवृद्धाहरू विरामी परेका छन् ।

चिसोका कारण बालबालिकामा झाडापखाला, रुघाखोकी, भाइरल ज्वरो, टाइफाइड, निमोनिया, घाँती दुख्ने लगायतको संक्रमण देखिएको बाढीपीडित शिविरका तुल्सी सुनारले बताएकी छन् । विगत एक हप्तादेखि शिविरमा रहेका बालबालिका र वृद्धवृद्धाहरूमा विभिन्न रोगहरूको संक्रमण देखिएको उनले बताइन् ।
विभिन्न सरुवा रोगको संक्रमणबाट परिवारैपिच्छे दुई÷तीन जना बिरामी भएको उनले बताइन् । परिवारका सबै सदस्य बिरामी परेपछि स्वास्थ्य संस्थासमेत जान नसकेको उनले बताइन् । औषधि उपचार गर्ने रकमको अभावका कारण शिविरमा रहेका बाढीपीडितहरूले उपचार पाएका छैनन् ।
शिविरमा रहेका सुत्केरी, गर्भवती, अपांग, ज्येष्ठ नागरिकले उपचार पाउन सकेका छैनन् । विगत तीन वर्षदेखि पुनस्र्थापना हुन नसकेका महिला प्रशिक्षण केन्द्रका बाढीपीडितहरूले चिसो बढेपछि दाउरासमेत पाउन नसकेको गुनासो गरेका छन् ।

प्रकाशित मितिः   २५ पुष २०७४, मंगलवार १५:२९