‘भागेर जात्रा हेर्न गएको सम्झना आउँछ’
मुकुन्दश्याम गिरी राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश नं. ६ का संयोजक हुन् । वि.सं. २०१५ फागुन ११ गते बुबा प्रयागदेव गिरी र आमा रामकुमारी गिरीको कान्छा सन्तानको रूपमा जन्मिएका गिरी वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष समेत हुन् । गिरीले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन्ः
मेरो जन्म दैलेखको दुल्लूमा भयो । बाल्यकालमा वर्षको आधा समय दैलेखमा बित्थ्यो भने वर्षको आधा सुर्खेतमा बित्ने गथ्र्यो । मंसिरको महिना हाम्रो परिवार सुर्खेत आउने गर्दथ्यो भने फागुन लागेपछि दैलेख फर्किन्थ्यौं । म पाँच वर्षको उमेरमा विद्यालय जान सुरु गरेको हुँ । बुबाले पहिलो पटक मलाई बिहान विद्यालय छोड्न जानुभएको थियो । त्यस दिन म दिनभरी रोइरहेको सम्झना आउँछ । बिहान पु¥याउन जानुहुन्थ्यो भने साँझ लिन जानुहुन्थ्यो । विद्यालयहरू अहिलेको जस्तो भौतिक संरचना हुन्थेन । पार्टी खरी बोकेर विद्यालय जान्थ्यौं । हामी शिक्षकहरूलाई गुरु भनेर बोलाउने गथ्यौं । गुरुलाई हामीले देवताको रूपमा हेर्ने गथ्यौं । त्यसबेला हामीले संस्कृत विषय पनि पढ्नुपथ्र्यो । त्यसमा धर्म संस्कृतिको विषयमा पढाइ हुन्थ्यो । मलाई नेपाली र सामाजिक विषय पढ्न मनपथ्र्यो । बुबाले अक्षर चिन्न घरमै सिकाउनु भएको थियो । उहाँले विद्यालय नपढे पनि विभिन्न किताबहरू पढ्नुहुन्थ्यो ।
घरदेखि विद्यालय त्यति टाढा थिएन । उकालो हिँडेर विद्यालय पुग्नुपथ्र्यो । त्यस्तै २०÷२५ मिनेट जति लाग्थ्यो विद्यालय पुग्न । आउँदा ओरालो हिँडेर आउनुपथ्र्यो । मेरो बाल्यकाल बुबा आमाको काखमा नै बित्यो । मेरो बुबा आयुर्वेदिक औषधि बनाउने गर्नुहुन्थ्यो । बुबाका धेरै मानिसहरू उपचार गर्न आउँथे । बुबाले निःशुल्क रूपमा औषधि उपचार पनि गर्नुहुन्थ्यो । म सधै उहाँले गर्ने सेवाबाट प्रभावित हुन्थे । समाज सेवा गर्नुपर्छ भन्ने प्रेरणा मेरो बुबाबाट नै मैलै पाएको हुँ । मलाई विशेष गरेर साहित्यतर्फ रुचि थियो । कविता लेख्न मनपथ्र्यो । त्यसबाहेक गीत पनि गाउन मनपथ्र्यो । हाम्रो घरमा रेडियो पनि थियो । रेडियोमा गीत संगीत सुन्ने गर्थें । गाउँभरी हाम्रो घरमा मात्र रेडियो थियो । साँझ सबै जना जम्मा भएर हाम्रो घरमा रेडियो सुन्थे । बुबालाई भजन गाउन मनपथ्र्यो । हाम्रो घरमा सांस्कृतिक माहोल नै थियो । हार्मोनियम, तबला, मादल, बासुरी सबै थियो । बुबाले राम्रोसँग भजन गाउनुहुन्थ्यो । बुबाले लामो समयसम्म मेहनत गरेर आयुर्वेदिक औषधि गराउने गर्नुहुन्थ्यो ।
म सानो छँदा एउटा बदमासी काम गरेको छु । म जन्मेको दिन बुबाले एउटा औषधि बनाउन सुरु गर्नुभएको थियो रे । त्यो औषधि बनाउन १२ वर्ष लाग्थ्यो रे । म १२ वर्ष पुगेपछि मेरो जन्म दिन मनायौं । पूजापाठ गरेर जन्म दिन मनाइयो । त्यसै दिन बुबाले त्यो औषधि सीसीमा बनाएर राख्नुभयो । त्यसपछि मैले दैनिक त्यो सीसीमा औला हाल्ने गर्थें । तर चिसो हुन्थ्यो । बुबाले सेलाउन छ महिना लाग्छ भन्नहुन्थ्यो । म अच्चम मान्थें । एक दिन बुबाले औषधि कस्तो भएछ भनेर हेर्नुभएछ । त्यहाँ औंलाको छाप देखेपछि आमालाई सोध्नु भएछ । बुबाआमाले मलाई धेरै माया गर्नुहुन्थ्यो । गाली भने कहिले गर्नुभएन । आमाले हजुरकै छोरा मधुसुधन त हो नि सधैं हेर्ने, अरु को हुनु र भन्नु भएछ । मलाई सानो छँदा मधुसुधन भनेर बोलाउनु हुन्थ्यो । बुबाले मलाई बोलाएर केही नभनि सम्झाउनुभयो । उहाँले यो औषधिमा रासायनिक प्रतिक्रिया हुने भएकोले ६ महिनासम्म राख्नुपर्ने बताउनुभयो । त्यसपछि मैले गल्ती गरेको रहेछु जस्तो लाग्यो । यदि त्यो औषधि पोखिएको भए उहाँले १२ वर्ष गरेको मेहेनत त्यसै खेर जाने थियो । म ६÷७ वर्षको हुँदा बुबाले ज्वरो नाप्ने राख्नुहुन्थ्यो । मैले पारो भुई भरी पोखिदिन्थे । पारोलाई टिप्न हातले सकिदैन्थे । त्यसको टिप्ने विधि हुन्थ्यो । बुबाले गोबरले टिप्नुहुन्थ्यो ।
गाउँमा साथीहरूसँग लुकामारी खेल्ने, कपडाको भुकुण्डो बनाएर खेल्ने गथ्यौं । देउसीभैलो खेल्ने गथ्यौं । बुबाले रातको समयमा कहीं कतै जान दिनुहुँदैन्थ्यो । जात्रा हेर्न जान धेरै रहर लाग्थ्यो । जात्रा हेर्न गएको बेला देउसीभैलो खेल्न गएको बेलामा गाउँमा काँक्र, अमिलो चोरेर खान्थ्यौं । बुबाले थाहा पाउनुहुन्छ की भनेर पछाडिको ढोकाबाट भागेर जात्रा हेर्न गएको सम्झना अझै पनि आउँछ । थाहा पाएपछि बुबाले गाली हुन्थ्यो । मैले सानो छँदा गुलेली लिएर सिकार गर्न पनि गए । ती बाल्यकालमा दिनहरू सम्झदा रमाइलो लाग्छ ।
म १५ वर्षको हुँदा मेरो बुबा बित्नुभयो । उहाँ बिरामी हुनुहुन्थ्यो । उहाँले आफ्नो कामलाई कसैले निरन्तरता देहोस् र सेवा गरोस् भन्ने चाहाना थियो । बुबालाई क्यान्सर भएको थियो । हामी सुर्खेत आएपछि औषधि पसल सुरु गरेका थियौं । दाई पढेर काठमाडौंबाट आएपछि हामीले पसल सुरु गरेका थियौंपछि त्यसलाई निरन्तरता दिन सकिएन् ।
कक्षा नौमा पढ्ने बेलामा विद्यार्थी संगठनमा लागेको हुँ । मैले राष्ट्रवादी स्वतन्त्र संगठनको सदस्यता लिएपछि समाज सेवामा लागेको हुँ । त्यसको संस्थापक सदस्य मेरो दाइ हुनुहुन्थ्यो । वि.सं. २०३० सालमा सुर्खेतको कार्यसमितिको सदस्य भएपछि विद्यार्थीको संगठन विस्तारमा ४५ जिल्लासम्म पुगेको छु । २०३६ सालमा विद्यार्थी संगठनहरू स्थापना गर्न प्रतिबन्ध लगाएपछि केही समयसम्म पढाइमा समय बिताए । वि.सं. २०४३ सालमा पञ्चायतको चुनाव थियो । विद्यार्थी संगठन हुँदा मैले धेरै कुराहरू सिक्ने अवसर पाएको थियो । सबै जनाले मलाई चुनाव लड्ने प्रेरणा दिनुभयो । मैले चुनावमा भाग लिएर त्यसै पटक प्रधानपञ्चमा जितें । मैले साढे दुई वर्ष जनताको सेवा गरे । त्यसपछि देशमा बहुदल आएपछि पार्टीमा लागे । त्यसबेलामा राप्रपा सुर्खेत संस्थापक सदस्य भएर काम गरे । पार्टीको केन्द्रीय सदस्य हुँदै अहिले प्रदेश नम्बर ६ को संयोजक छु ।
साझा बिसौनी संवाददाता ।