हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्न माग

सुर्खेत, २३ असोज ।
नेपाललाई हिन्दुराष्ट्र कायम गर्न माग गर्दै आइतवार सुर्खेतसहित देशभर प्रदर्शन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा प्रदर्शनसहित आसभा गरिएको हो । राप्रपाले नेपाललाई हिन्दुराष्ट्र कायम गर्ने वा धर्मनिरपेक्ष घोषणा गर्ने भन्ने विषयमा जनमत संग्रह गर्न माग गरेको छ ।


यस विषयमा पनि आगामी निर्वाचनमा नै जनमत संग्रहबाट टुङ्गो लगाउनुपर्ने भन्दै देशभर प्रदर्शन तथा आमसभा गरिएको हो । राप्रपाका सुर्खेतस्थित नेता तथा कार्यकर्ताले सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने, जनताको अभिमतको कदर गर्नुपर्ने, जनमत संग्रह गरिनुपर्ने लगायतका मागसहित वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन् । सनातन हिन्दु राष्ट्र हुनुपर्ने माग गर्दै आएको राप्रपाले यस विषयमा आगामी निर्वाचनमा नै जनताको धारणा बुझ्नुपर्ने भन्दै जनमत संग्रह गर्नुपर्ने माग गरेको छ ।
स्थानीय मंगलगढीबाट निकालिएको ¥याली बजार परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापन पत्रसमेत बुझाइएको थियो । प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीमातर्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्रमा आगामी निर्वाचनमा नै छुट्टै मत पत्र बनाएर हिन्दु राष्ट्र कायम गर्ने नगर्ने बारेमा जनताको मत पनि लिनुपर्ने माग गरिएको छ ।

प्रकाशित मितिः   २४ आश्विन २०७४, मंगलवार १६:०८