दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

सुर्खेत: मिति नजिकिँदै गएपछि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । अहिले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर राष्ट्रिय खेलकुद प्रतियोगितामय बनेको छ । चोकचौतारीदेखि सवारी साधनमा यात्रा गर्ने यात्रीहरुसमेत प्रतियोगिताबारे चर्चा गरिरहेका छन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आवश्यक तयारी पुरा गरेको जनाएको छ । अहिले प्रचारप्रसारका कामलाई अघि बढाइएको प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष तथा बसोवास व्यवस्थापन संयोजक प्रमोद हमालले बताए । प्रतियोगितालाई सफल बनाउन विभिन्न क्षेत्रसँग छलफल तथा परामर्श गरिएको र आवश्यक व्यवस्थापनको काम तीव्र पारिएको उनले बताए । आवास, खेलाडी र सुरक्षा, यातायात र खेल व्यवस्थापनका लागि आवश्यक पूर्वाधार तयार रहेको भन्दै चुनौतीको सामनासँगै व्यवस्थापनको काम गरिरहेको जानकारी दिए ।

सुर्खेतमा साना ठूला गरी एक सय ५० भन्दा बढी होटल रहेकाले आवास व्यवस्थापनमा समस्या नहुने जनाइएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नजिक छिञ्चु, गुराँसे, गढीलगायतका स्थानमा पनि मध्यमस्तरका होटल छन् । वीरेन्द्रनगरमा अति विशिष्टहरूका लागि चारतारेदेखि मध्यमस्तरसम्मका होटल सञ्चालनमा छन् ।

परिषद्ले दशौँ खेलकुद प्रतियोगिताका लागि खेल खेलाउने जिल्लामा सुविधासम्पन्न आवास व्यवस्थापन मिलाउने गरी समन्वय थालेको उपाध्यक्ष हमालले जानकारी दिए । प्रतियोगिताअन्तर्गत १७ देखि १८ वटा खेल सुर्खेतमा आयोजना गरिनेछ भने बाँकी अरू जिल्लामा आयोजना गरिनेछ । उद्घाटनका बेला खेलाडी, प्रशिक्षक, सहभागी, आगन्तुक गरी झण्डै ६ हजारलाई खाना, आवासको व्यवस्थापन गर्नुपर्ने हुन्छ । होटल व्यवसायीहरूले पनि आवास व्यवस्थापनका लागि पर्याप्त होटल पूर्वाधार रहेको बताएका छन् । भौगोलिक अवस्था, मौसम, सडक र उचाइका कारण सबै खेल हिमाली जिल्लामा लैजान सम्भव हुँदैन । जुम्ला, डोल्पा, हुम्लालगायतका जिल्लामा मौसम र अन्य परिस्थिति पनि हेर्नुपर्ने हुन्छ । त्यसैले पहुँच र पूर्वाधार सहज भएका जिल्लालाई प्राथमिकता राखिएको छ ।

 

निर्धारित खेलस्थलमा मौसम वा अन्य कारणले प्रतियोगिता सञ्चालन गर्न नसक्ने अवस्था आए वैकल्पिक खेलस्थलसमेत तयार राख्ने गरी काम भइरहेको परिषद्ले जनाएको छ । दशौँ राष्ट्रिय खेलकुदमा ३२ खेल सञ्चालन गर्ने तयारी भइरहेको छ ।

 

निर्धारित खेलस्थलमा मौसम वा अन्य कारणले प्रतियोगिता सञ्चालन गर्न नसक्ने अवस्था आए वैकल्पिक खेलस्थलसमेत तयार राख्ने गरी काम भइरहेको परिषद्ले जनाएको छ । दशौँ राष्ट्रिय खेलकुदमा ३२ खेल सञ्चालन गर्ने तयारी भइरहेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन चन्दका अनुसार सुर्खेतमा मात्रै १७–१८ खेल आयोजना गर्ने तयारी छ । सुर्खेत उपत्यकामा मात्रै करिब ५–६ हजार व्यक्तिका लागि आवास व्यवस्थापन गर्न सकिने क्षमता रहेको चन्दको दाबी छ । तर उद्घाटनको दिन करिब दश हजार जनाको व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने जनाइएको छ ।

कर्णालीका सुर्खेतबाहेक रुकुम पश्चिमको चौरजहारी, दैलेख, कालीकोट, जुम्ला, हुम्ला र मुगुमा विभिन्न खेलहरु खेलाइने तयारी छ । दैलेखमा कबड्डी, कालीकोटमा कराते, जुम्लामा कराते र बुद्धिचाल, हुम्लामा हक्की, मुगुमा कबड्डी, रुकुम पश्चिममा तेक्वान्दो, सल्यानमा टेबलटेनिस प्रतियोगिता गराउने तयारी छ । ती खेलहरु सञ्चालन हुदा त्यहॉ पुग्ने खेलाडी र दर्शकको अनुमान गरेरमात्र व्यवस्थापकीय तयारी गरिने परिषद्ले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को केन्द्रीय सञ्चालन निर्देशिकाअनुसार कर्णाली प्रदेशले चार उपसमितिको जिम्मेवारी पाएको छ भने अन्य १३ समितिमा सहयोगीको भूमिका छ । स्वास्थ्य, सुरक्षा, बसोवास र खेलस्थलको व्यवस्थापन संयोजकको जिम्मेवारी कर्णालीलाई दिइएको छ । स्वास्थ्य समिति संयोजक कर्णाली प्रदेश अस्पतालका निर्देशक रहनेछन् भने सुरक्षामा प्रदेश प्रहरी प्रमुख डीआईजीलगायत रहने व्यवस्था छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले चार पटकसम्म सरिसकेकाले यसपालि धुमधामका साथ दशौँ राष्ट्रिय खेलकुद अब तोकिएकै मिति १६–२७ मंसिरसम्म हुने चन्दले
बताए । प्रदेश सरकार र संघीय सरकारबीच समन्वय भइरहेकाले आयोजनामा समस्या नहुने उनको भनाइ थियो । उनका अनुसार केन्द्रस्तरमा पनि विभिन्न समितिहरू गठन भएका छन् सबैले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन् ।

प्रकाशित मितिः   १ मंसिर २०८३, मंगलवार ०५:०५