धमाधम हुँदै सिमेन्ट उद्योगको काम

सुर्खेत: सूर्यतारा सिमेन्ट उद्योगको काम धमाधम अघि बढेको छ । चौकुने गाउँपालिका—९ सुनाकाँडामा उद्योगको काम थालिएको हो । क्रसर प्लान्ट, आवासलगायतका भौतिक संरचना निर्माणको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ ।
उद्योग निमार्णका लागि दुई सय ५० जना मजदुरले काम गरिरहेका छन् । करिब पाँच सय रोपनी निजी जग्गा सो उद्योगको संरचना निर्माणको काम भइरहेको हो । प्लान्ट उद्योगका लागि संरचना बनाउन माटो परीक्षण, आवास तथा उद्योगका लागि बनाइने आवासलगायतका संरचनाका काम धमाधम रुपमा भइरहेको उद्योगका प्रोजेक्ट हेड संजय मिश्राले बताए । अबको १८ महिनाभित्र संरचना निर्माण गरी उद्योग सञ्चालनको तयारी थाल्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।
१५ अर्ब रुपैयाँ लागतमा उद्योगको काम भइरहेको छ । उद्योग स्थापना भए एक हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ भने दैनिक ५० हजार बोरा सिमेन्ट उत्पादन हुने बताइएको छ । सो उद्योगका लागि बराहताल गाउँपालिका–७ लखरपाटामा ९५ हजार हेक्टर चुनढुंगा उत्खनन गरिनेछ । त्यहाँबाट करिब २४ किमिको दूरीमा सुनाकाँडामा उद्योग स्थापना गर्न लागिएको छ । उद्योगको संरचना निर्माणको काम अघि बढेको भए पनि त्यहाँसम्म पुग्ने सडकको अवस्था भने नाजुक भएकाले काममा असहज भइरहेको छ । स्तरोन्नति नभएका सडक र पुल निर्माण नहुँदा उद्योगका लागि आवश्यक पर्ने सामग्री ल्याउन निकै कठिन भएको उद्योगका प्रोजेक्ट हेड मिश्राले बताए । चौकुने गाउँपालिकाको केन्द्र गुटुबजारबाट जाने सडकमा गुटुखोलामा पुल छैन भने कैलाली चिसापानी आउने सडकको अवस्था पनि नाजुक छ । उद्योग स्थलमा सामग्री ल्याउन निकै कठिन भएको बताउँदै मिश्राले सडकको अवस्थामा सुधार नगरे थप चुनौती भोग्नुपर्ने बताए । स्थानीय र प्रदेश सरकारले केही सहयोग गरेको खण्डमा का मगर्न सहज हुने आयोजनाको भनाइ छ ।
१५ अर्ब रुपैयाँ लागतमा उद्योगको काम भइरहेको छ । उद्योग स्थापना भए एक हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ भने दैनिक ५० हजार बोरा सिमेन्ट उत्पादन हुने बताइएको छ । सो उद्योगका लागि बराहताल गाउँपालिका–७ लखरपाटामा ९५ हजार हेक्टर चुनढुंगा उत्खनन गरिनेछ । त्यहाँबाट करिब २४ किमिको दूरीमा सुनाका“डामा उद्योग स्थापना गर्न लागिएको छ ।
प्रदेश सरकारले सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणको केही काम गरेको छ । संघ र प्रदेश सरकारको लगानीमा सडक र विद्युत विस्तारको काम गरेको हो । प्रदेश सरकारले खानीजन्य पदार्थ ढुवानीका लागि दश किलोमिटर सडक निर्माण गरेको छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालयले सडक निर्माणका लागि काम सम्पन्न गरेको जनाएको छ । उद्योगसम्म पुग्ने दश किलोमिटर सडक निर्माणका लगि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको थियो । बराहताल गाउँपालिका वडा नं. ७ को लखरपाटादेखि मदनभण्डारी राजमार्गको खम्बागाडेसम्म दश किलोमिटर सडक निर्माण गरिएको छ । प्रदेश सरकारले सडकको ट्रयाक खोल्ने, कच्ची नाला निर्माण, टेवा पर्खाल निर्माण, कल्र्भट निर्माण र ग्रावेलसम्मका काम गरिएको जनाएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत ठूला उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणमा सहयोग गर्ने जनाएको छ । सोहीबमोजिम बजेट विनियोजन गरेर उद्योगको काम अघि बढाइएको हो ।
चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले सूर्यतारा सिमेन्टले आफ्नो पालिकाका उद्योग स्थापना गर्नु गौरवको विषय भएको र यस उद्योगले चौकुनेका आर्थिक समृद्धिका लागि कोसेढुङ्गा सावित हुने बताए । उनले उद्योग स्थलसम्म ल्याइएको सडकको ट्र्याक पालिकाले नै खोलेको र यसको स्तरोन्नति तथा पुल निर्माणका लागि पालिकाको स्रोतसाधनले गर्न नसक्ने उल्लेख गरे । यसका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने भन्दै उनले सो काममा पनि प्रदेश सरकारसँग पनि सहजीकरण पालिकाले गरेको बताए । समन्वयको काम भने पालिकाले गरिरहेको छ ।
प्रकाशित मितिः ३० कार्तिक २०८३, सोमबार १०:४९
साझा बिसौनी ।