छुरा रोपेर बाबुको हत्या
सुर्खेत, १७ असार । सुर्खेतमा एक युवाले छुरा प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् । गुर्भाकोट नगरपालिका १६ पण्डितकाल्नाका २० वर्षीय रणबहादुर सुनारले बुवा अमर सुनारको हत्या गरेका हुन् ।
शुक्रवार राती आफ्नै घरमा उनको हत्या भएको हो । बाबुको हत्या गरि फरार भएका रणबहादुरलाई शनिवार प्रहरीले पक्राउ गरेको छ । घरायसी झगडापछि रणबहादुरले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।
शुक्रवार साँझ घरायसी कुरामा बाबु र छोराबीच विवाद हुँदा आक्रोशित बनेका रणबहादुरले एक्कासी बाबुको छातिमा छुरा प्रहार गरेको जनाइएको छ । यद्यपी थप अनुसन्धान भइरहेकाले एकीन कारण भने खुल्न सकेको छैन । बबइबाट पक्राउ परेका उनलाइ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतमा ल्याइएको छ ।
प्रकाशित मितिः १७ असार २०७४, शनिबार १२:४०
साझा बिसौनी ।