महिला साना किसान सहकारीको साधारणसभा

सुर्खेत: महिला साना किसान कृषि सहकारी संस्था कुनाथरीको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष निर्मला दर्लामीको अध्यक्षता एवम् बराहताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरिएको हो ।
सभामा संस्थाका अध्यक्ष दर्लामीले वार्षिक प्रगति प्रतिवेदन र आगमी योजनासहितको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाका प्रबन्धक दिलिपकुमार सारुले आर्थिक वर्ष २०८२÷०८३ मा भएको १७ करोड ५८ लाख रूपैयाँ बराबरको आय/व्यय विवरण सार्वजनिक गरेका थिए । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २८ करोड ७७ लाख बराबरको आय÷व्ययको लक्ष्यसमेत प्रस्तुत गरे ।
साधारणसभाकै अवसरमा विभिन्न विधाहरूमा साधारण सदस्यहरूलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको प्रबन्धक सारुले जानकारी दिए । सभामा बराहतला गाउँपालिका वडा नं. ५ का अध्यक्ष धिमराज जोल्मी, साना किसान विकास लघुवित्त वित्तीय संस्था सुर्खेतका प्रबन्धक सविन लामिछाने, साना किसान कृषि सहकारी संस्था उत्तरगंगाका मुख्य प्रबन्धक चित्रबहादुर रेग्मीलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः १५ आश्विन २०८३, बिहीबार १५:५२
साझा बिसौनी ।