मप विश्वविद्यालयका रजिस्ट्रारलाई खुलापत्र

आदरणीय रजिस्ट्रार ज्यू,
मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत
पहिलो पटक यो दूरदराजको थुम्कोबाट आमसञ्चारको छापामाध्यम हुँदै यो खुलापत्र लेख्ने दुस्साहस गर्दैछु, आफ्नै शुभेच्छुक सम्झी सहजै स्वीकारको कामना गर्दछु । राजनीतिक रूपले एउटा लामो अवधिको शासन व्यवस्थालाई विस्थापित गरी नया“ शासन व्यवस्था स्थापनाको पृष्ठभूमिमा अंकुराएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय जस्तो उच्च शैक्षिक संस्थाको रजिस्ट्रार जस्तो जिम्मेवारपूर्ण कार्यकारी पदमा राज्यले उच्च शिक्षाको व्यवस्थापन गर्नका लागि यहा“ माथि विश्वास र भरोषा राखी जिम्मेवारीसहित आरोहण गराउ“दा राज्यबाट प्रदान गरिने हरक्षेत्रका सुविधाबाट वञ्चित तपाईं आफ्नो ममतामयी आमाको कोखबाट धर्तीमा ओर्लिएर पहिलो पटक पैतला स्पर्श गरेको यस क्षेत्रका नागरिकले ठूलो अपेक्षा राखेको कुरा यहा“ले मन र हृदयबाटै महसुस गर्नु भएकोमा कुनै शंका छैन । राणा शासनको अन्त्य पश्चात् केन्द्रीय शासन व्यवस्था अन्तर्गत सरकारीस्तरमा वि.सं. २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय नेपालको माटो सुहाउदो जनशक्ति उत्पादन गरी आधुनिक राष्ट्र निर्माणको लागि स्थापना गरिएको देशको उच्च शिक्षाको जननी विश्वविद्यालय हो । स्थापनाको लामो समयावधिसम्म दुर्भाग्यवश विश्वविद्यालय देशका शहरी क्षेत्रमा मात्र सीमित रह्यो । गाउ“ नै गाउ“ले निर्माण भएको यो देशका नागरिकहरू उक्त विश्वविद्यालयको पहु“चबाट टाढै रहे । भौगोलिक कारणले पछौटे पनमा छटपटाइरहेको मध्यपश्चिमाञ्चल विकास क्षेत्र हालको ६ नं. प्रदेश त्यसमा पनि राज्यले पिछडिएको क्षेत्रमा वर्गीकरण गरेका नौ वटा जिल्लामध्ये हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोट र जाजरकोट गरी ६ वटा जिल्ला त्यो पहु“चबाट झन टाढै रहे । यो पत्र लेख्दाको क्षणमा त यहा“को राज्य व्यवस्थास“गको पहु“च यति दर्दनाक छ भने झण्डै ५÷६ दशक पहिले कस्तो हु“दो हो कल्पनामा पनि कहाली लाग्दछ ।
यातायातको राष्ट्रिय सञ्जालमा अझै जोडिन नसकेको यस क्षेत्रका नागरिकहरूले त्यसताका नेपालगन्ज र काठमाडौं पुगेर विश्वविद्यालयको उच्च शिक्षा लिने कुरा ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात्’ जस्तै थियो । महिनादिनसम्म पैदल हिँडेर नेपालगन्ज पुगी विश्वविद्यालयको उच्च शिक्षा लिएका दुई÷चार जना अभिभावकहरूबाट उहा“हरूको आत्मावृत्तान्त सुन्दा लाग्छ दशौं÷एघारौं शताब्दीमा थियौं की ? मैले प्राप्त गरेको स्रोतका अनुुसार विश्वको पहिलो औपचारिक विश्वविद्यालय इटलीको बोलोग्ना विश्वविद्यालय इ.सं. १०८८ खुल्दाको समयका मानव थियौं वा बीसौं शताब्दीका मानव छुट्याउन गाह्रो छ ।
भोक, रोग र शोकले थलिएका यहा“का बासिन्दाहरूको जीवनस्तर कस्तो छ हामीले तथ्यांकमा पढेका छौं होला हेरेका वा देखेका छैनौं । सदरमुकामदेखि दूर गाउ“मा छ वास्तविकता सोमालिया, नाइजेरिया, इथियोपिया जस्ता अफ्रिकन देशहरूको नाम लिइरहनु पर्दैन । त्यहा“ युद्ध छ, यहा“ भर्खरै शान्ति स्थापना भएको छ, त्यति मात्रै हो फरक, बा“की जीवनस्तरमा खासै भिन्नता छैन होला ! हुन त म कर्णाली अञ्चलमा जन्मेको होइन । मैले यी र यस्ता दुःख र अभावका वास्तविकता लेख्दा अर्घेल्याइ“ गरेजस्तो होला तै पनि १० वर्षे कालिकोटको जागिरे जीवन र यस क्षेत्रभित्रका ६ वटै पिछडिएका जिल्ला घुमेको अनुभवले जे देख्यो जे भोग्यो त्यो वस्तुगत यथार्थ हो कुनै कथा पढेर लिएको होइन । न्यूनतम भन्दा न्यूनतम आधारभूत मानवीय आवश्यकता परिपूर्ति गर्न नसकी यहा“का नागरिक आत्महत्या जस्तो कठोर यात्रा तय गर्छन् भनियो भने भ्रम जस्तो लाग्ला । १ केही वर्ष पहिले भोकले थलिएकी मुगु जिल्लाकी एक जना आमाले आफ्ना भोका नबालकहरूको भोकको चित्कार सहन नसकी नबालकसहित कर्णाली नदीमा हामफालेर आत्माहत्या गरेको घटना यस देशका समाचार सुन्ने र पत्रपत्रिका पढ्ने जो कोहीलाई अवगत नै छ । कतिपय ठाउ“मा अझैं पनि गुणस्तरीय नभनौं सामान्यभन्दा सामान्य शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, विद्युत जस्ता पूर्वाधार यहा“का नागरिकका लागि युरोपका कथा हुनभन्दा अतियुक्ति नहोला । यहा“का बासिन्दाले प्रयोग गर्ने खाना, पानी, पोसाक, सयनकक्ष, हिँड्ने बाटो हेर्दा यहा“को जीवनस्तर प्रतिविम्बित हुन्छ । त्यसमाथि एक दशकको जनयुद्धले दिएको पीडाको रोदन र थुप्रै आमाबाबा वा छोराछोरी गुमाएका आफन्तहरूको आ“खाहरू अझै ओभाएका छैनन् । चिलगाडीले ल्याउने चामल र नुन कुरेर बस्ने प्रतिक्षालय अझै ठाडिएकै छन् । यस्तो विषम परिस्थितिमा बा“चिरहेका नागरिकले सहरमा खुलेको विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गर्नु कल्पना बाहिरको कुरा थियो ।
त्रिभुवन विश्वविद्यालय स्थापना भएको चौध वर्षपछि मात्र सरकारी स्तरबाट जुम्ला बहुमुखी क्याम्पस जुम्लाको स्थापना भयो तैपनि पह“ुच क्षेत्र दूर नै रह्रयो । राज्यको प्रतिक्षा गर्दा–गर्दा थाकेका यो क्षेत्रका नागरिकले आफ्नै लगानीमा भए पनि उच्च शिक्षा लिने आकांक्षा परिपूर्ति गर्न त्रिभुवन विश्वविद्यायबाट सम्बन्धन लिइ सामुदायिकस्तरबाट केही क्याम्पसहरू सञ्चालन गरेको लगभग दशक मात्र बितेको छ । दुर्गम क्षेत्रका नागरिकलाई राज्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले नेपाल सरकारले वि.सं. २०६५÷०६६ को वार्षिक बजेटमा दुर्गम क्षेत्रका आठ वटा सामुदायिक क्याम्पसहरूलाई त्रिविको आंगिक क्याम्पसको रूपमा विकास गर्ने वक्तव्य दिए पनि कार्यान्वयन नहु“दा यहा“का नागरिक निरास थिए । यिनै घटनाक्रमहरूको बीचमा स्थापना भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाममा आफ्नो जिम्मेवारी टार्दै त्रिवि यो निर्णय कार्यान्वयन गर्नबाट पछि स¥यो ।
स्थापनाकालमा नियुक्त भएका पदाधिकारीहरूको अख्तियार प्रकरणले भर्खर जन्मेको शिशु विश्वविद्यालयले आफ्नो शाख गुमाएको संकटपूर्ण अवस्थामा यहा“ लगाएतको नया“ टिमको आगमनले पक्कै पनि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पुनः विश्वासको सास फेरेको यहा“का विश्वविद्यालयस“ग सरोकार र चासो राख्ने सवैले महसुस गरेका छन् । त्यस लगत्तै यहा“ कै शब्दमा भन्दा ‘यस क्षेत्रमा उच्च शिक्षाको विकास र विस्तारमा राज्यको लगानी र जवाफदेहिता हुनुपर्दछ’ भन्दै आवधिक रूपमा हुने मध्यपश्चिमाञ्चल विश्वविद्यालय सभाबाट यस क्षेत्रमा सञ्चालित केही सामुदायिक क्याम्पसहरूलाई विश्वविद्यालयका आंगिक क्याम्पसका रूपमा विकास गर्न नीतिगत निर्णय गर्दा आमनागरिक तपाईं र समग्र विश्वविद्यालयप्रति आभारी र कृतज्ञ छन् भनिरहन नपर्ला । तपाईंहरूले गरेका निर्णयहरू समय सापेक्ष महसुस गरी तत्कालीन केपी ओली सरकारका अर्थमन्त्रीले देशको आर्थिक बजेटमार्फत् सम्बोधन गर्नाले त्यो निर्णय वस्तुपरक थियो भन्ने बुझ्न सकिन्छ । तर आर्थिक वर्ष अन्त हुनै लाग्दासम्म खै कस्का स्वार्थहरू मिलेनन् थाहा भएन कार्यान्वयन हुन सकिरहेको छैन । विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, शिक्षा मन्त्रालय वा सरकारबीच तालमेल नभएको हो वा नीतिगत समस्या हो या अन्य कुनै प्राविधिक समस्या हो बुझ्न कठिन भयो । यस्तो अन्यौलताको बीचबाट गत जेठ महिनामा युजीसीका सदस्य सचिव प्रा.डा. देवराज अधिकारीको संयोजकत्वमा गठित अध्ययन समितिले आवश्यक स्थलगत अध्ययनपश्चात् आफ्नो प्रतिवेदन सम्बन्धित निकायमा पेश गरेको बुझ्न आएकोले यसले सार्थकता पाउनेमा यहा“का बासिन्दा आशावादी छन् ।
उच्च शिक्षामा राज्यको नीति स्पष्ट नभएको परिस्थितिमा प्रादेशिक विश्वविद्यालयको रूपमा रहेको यस विश्वविद्यालयको कार्यकारी पदमा रहुनु भएकोले एउटा स्पष्ट दृष्टिकोणसहितको लक्ष्य निर्धारण गरी आगामी दिनमा चाहिने विभिन्नस्तर र क्षेत्रको उच्चस्तरीय जनशक्ति उत्पादनमा यहा“को जिम्मेवारपूर्ण नेतृत्व र अभिभावकत्वको अपेक्षा छ । सरोकारवाला क्याम्पसहरूमा हाल चलिरहेका शैक्षिक कार्यक्रमहरूलाई व्यवस्थित गर्दै यस क्षेत्रको भौगोलिक अवस्था, प्राकृतिक स्रोत साधन र सामाजिक सांस्कृतिक अवस्था अनुकूल हुने जनशक्ति उत्पादन गर्न समय सापेक्ष थप शैक्षिक नीति, कार्यक्रम, पाठ्यक्रम र जनशक्तिको व्यवस्थापन गरी विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा अग्रणी स्थानमा विकास र विस्तार गर्न यहा“को अग्रणी भूमिकाप्रतिको आशा टुटेको छैन । विश्वविद्यालयमा प्रारम्भ भएको इन्जिनियरिङ्ग संकायको अध्ययन अनुसन्धानबाट हाइड्रो इन्जिनियरको जनशक्ति उत्पादन गरी वर्षेनी हामफालेर देह त्याग गर्ने, डुबेर, बगेर, यातायातका साधन खसेर मृत्युवरण गर्ने कर्णाली नदीको पानीबाट दशौं हजार मेघावाट जलविद्युत उत्पादन गरी यहा“को अभाव, गरिबी, भोकमारी, बेरोजगारी जस्ता महाकालको अत्य गर्दै राष्ट्र निर्माणमा योगदान गर्नेमा विश्वविद्यालय यहा“कै कार्यकालभित्र सफल हुनेमा विश्वासको छहारीमुनी नतमस्तक रहेको कुरा छिपाउनु कसरी ? यहा“को पर्यटन, जडीबुटी, काइनेटिक ढुङ्गा जस्ता प्राकृतिक स्रोत साधनको उचित प्रयोग गर्ने जनशक्ति उत्पादनका लागि आवश्यक पाठ्यक्रम तथा शैक्षिक कार्यक्रमहरूको निर्माण र कार्यान्वयनको सुभेक्षा जिउ“दै छ ।
हिजो मात्र इन्टरनेट खोलेर हेर्दा विश्व बैंकको तथ्यांकमा नेपाल गरीब राष्ट्रको सूचीमा विश्वको २८ शौं स्थानमा र एशियाको दोस्रो स्थानमा रहेछ भने त्यसमाथी कर्णाली कहा“ पर्ला ? मानव विकासका हरेक सूचकांकमा नेपालपछि पर्नुको पहिलो जिम्मेवारी यो देशका शासकले लिनुपर्ने हो भनिरहँदा यसबाट अन्य क्षेत्रहरू अछुतो छन् भन्नु अन्याय नै होला ! देशलाई आधुनिक युगको विकसित राष्ट्रको स्थानमा लैजान चाहिने मानव संशाधन प्राथमिक कुरा हो भन्ने महसुुस गर्दै त्यसको खा“चो परिपूर्तिमा यो विश्वविद्यालय सत्यसावित हु“दा देश गरिबीको सूचीमा कसो माथिल्लो अंकमा नउक्लेला ? यति ठूलो जिम्मेवारी का“धमा लिएर जन्मेको विश्वविद्यालयमा बेला–बेलामा विभिन्न पक्षबाट हुने गरेका उदण्ड, अभद्र र उच्छृंखल गतिविधिहरूप्रति गहिरो खेद प्रकट गर्दै त्यस्ता नकारात्मक क्रियाकलापहरू पुनरावृत्ति नहुने गरी अन्त हुनु पर्दछ । विश्वविद्यालयको उन्नयन र प्रगतिमा हु“दै आएका विभिन्न समस्या र अवरोधहरू प्राज्ञिक प्रक्रियाबाट नै समाधान हुनुपर्दछ भन्नेमा पनि यहा“ ज्ञात नै हुनुहुन्छ । विश्वविद्यालयलाई नातावाद, कृपावाद र नाङ्गो राजनैतिक हस्तक्षेप वा आग्रह र पूर्वाग्रहबाट बचाउनु हुनेछ भन्ने कुरा यहा“को कुशल प्रशासकीय र उच्चस्तरीय प्राज्ञिक व्यक्तित्वले प्रमाणित गर्नेछ । विश्वविद्यालयलाई सबैले अपनत्व लिने वातावरण निर्माणमा यहा“को गौरवपूर्ण नेतृत्व रहने छ भन्ने आशा र विश्वास लिंदै यो प्रतिनिधि पात्र ओझेल पर्दछु ।
(लेखक तिला कर्णाली बहुमुखी क्याम्पस, खा“डाचक्र न.पा–३, कालिकोटका उप–प्राध्यापक हुन् ।)

प्रकाशित मितिः   १२ असार २०७४, सोमबार १४:५९