बच्चा जन्मने बित्तिकै बैंक खाता

सुर्खेत, ५ असार ।
दैलेखको गुराँस गाउँपालिकाले महŒवकांक्षी निर्णय तथा योजनाहरू सार्वजनिक गरेको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले विकासका लागि एक दर्जन महŒवकांक्षी नीतिगत योजना अघि सारेको हो । यस्तै बैठकले अब गाउँपालिकामा जन्मने हरेक बच्चाको बैंक खाता खोलिदिने निर्णयसमेत गरेको छ ।
बैठकले जीवन सुरक्षा कार्यक्रम अन्तर्गत अब गाउँपालिकामा जन्मने हरेक बच्चाको बंैकमा बचत खाता खोलिदिने निर्णय गरेको छ । यसले बच्चालाई हुर्काउन र उसको जीवन सुरक्षामा सहयोग पुग्ने अपेक्षा गाउँपालिकाका पदाधिकारीहरूले गरेका छन् । स्थानीय बैंकमा बचत खाता गाउँपालिकाले नै खोलिदिनेछ । उक्त खातामा गाउँपालिकाले नै दुई हजार रूपैयाँ जम्मा गर्नेछ ।

विशेष गरी जीवन सुरक्षा, कृषि, पशुपालन, पर्यटन विकास, स्वास्थ्य, सुशासनलाई प्राथमिकता दिइएको गाउँकार्यपालिकाका सदस्य एवम् वडा नम्बर ६ का अध्यक्ष हिमबहादुर ओलीले जानकारी दिए । गाउँकार्यपालिकाका अध्यक्ष खेमराज ओलीको अध्यक्षतामा बसेको बैठकले भौतिक विकासदेखि सामाजिक विकासका योजनालाई क्रमैसँग सम्बोधन गर्नेगरी निर्णय गरेको हो । यस्तै गुराँस गाउँपालिकाको आफ्नै स्वामित्व र दायित्व रहने गरी एक वडा एक उत्पादन, एक वडा एक पशुपालन फर्म सञ्चालन ल्याउने नीतिगत योजन अघि सारिएको छ ।
अध्यक्ष ओलीका अनुसार अब गुराँस गाउँपालिकाका हरेक बासिन्दाले नयाँ घर बनाउँदा १० वटा फलफूलका बिरुवा अनिवार्य रूपमा रोप्नुपर्नेछ । गाउँ कार्यपालिकाको बैठकले किसानलाई मल र बीऊको सहज उपलब्धता गराउने, ६० वर्ष माथिका विपन्न दीर्घरोगीलाई निःशुल्क औषधिको उपलब्धता गराउने, पर्यटन विकास र सहिदको सम्मानका लागि सहिद गेट निर्माण गर्ने र गैरसरकारी संस्थाको कामलाई व्यवस्थित गर्न छुट्टै हेल्प डेक्स निर्माण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मितिः   ७ असार २०७४, बुधबार ०७:५५