लेखक शाहीका दुई कृति लोकार्पण
सुर्खेत: लेखक वसन्ती शाहीका दुई वटा कृति सार्वजनिक भएका छन् । कविता संग्रह ‘यादका थुँगाहरू’ र कथा संग्रह ‘आमा र आँसु’ को शनिवार वीरेन्द्रनगरमा लोकार्पण गरिएको छ ।
कर्णाली प्रदेश प्रदेश प्रमुख यज्ञराज जोशीले दुवै पुस्तक लोकार्पण गरेका हुन् । कविता संग्रह ‘यादका थुँगाहरू’ मा एक सय ४२ कविता संग्रहित छन् भने ‘आमा र आँसु’ कथा संग्रहमा १४ वटा कथा समेटिएका छन् । दुवै कृतिमाथि लेखकद्धय नवराज केसी, महेशविक्रम शाह र पत्रकार ज्योति कटुवालले चर्चा गरेका थिए ।
कर्णाली प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्षसमेत रहेकी शाहीका यसअघि पनि विभिन्न पुस्तक प्रकाशित छन् । उनले कथा, कविता, निबन्धलगायत विविध विधामा कलम चलाउँदै आएकी छिन् । सामाजिक परिवेशदेखि जीवन भोगाइका कथाहरूलाई शाहीले आफ्नो सिर्जनामा उतार्ने गरेकी छिन् ।


साझा बिसौनी ।