ग्यासका लागि रातभर लाइन

 

सुर्खेतः केही दिनयता सुर्खेतमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । एक सिलिण्डर ग्यासका लागि उपभोक्ताहरू घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ । कतिसम्म भने ग्यास बिक्री केन्द्रहरूमा एक/दुई दिन अघिदेखि नै सिलिण्डरको लामो लाइन देखिने गरेको छ । नेपाल आयल निगम सुर्खेतले भने ग्यासको आपूर्तिमा कुनै समस्या नभएको जनाएको छ । कार्यालय प्रमुख दिपककुमार घिमिरेले साउन १ गतेदेखि १० गतेसम्म मात्र वीरेन्द्रनगरबाट १७ हजार बढी खाना पकाउने एलपी ग्यास वितरण गरिएको जानकारी दिए । जबकी यसअघि महिनामा २६ हजार ग्यास वितरण हुन्थ्यो ।

 

 

प्रकाशित मितिः   १२ श्रावण २०८३, मंगलवार ०५:०५