सुधार होलान् कर्णालीका सडक ?
सुर्खेत: सडक पूर्वाधारमा कर्णाली कमजोर छ । यहाँका प्रमुख राजमार्गहरू नै स्तरोन्नति हुन सकेका छैनन् । त्यसमाथि बर्सेनि सडक दुर्घटनाबाट धेरै कर्णालीबासीको ज्यान जाने गरेको छ । दुर्घटनाको संख्या यति भयावह छ कि कर्णाली राजमार्गलाई ‘दुर्घटनामार्ग’ वा ‘मृत्युमार्ग’ समेत भन्ने गरिएको छ । यसले कर्णालीका सडक मार्गको अवस्था दर्शाउँछ ।
कर्णालीका सडक वर्षौंदेखि स्तरोन्नतिको पर्खाइमा छन् । कर्णाली राजमार्ग, भेरी करिडोर, कर्णाली करिडोर लगायतका प्रमुख सडकमार्ग नै जीर्ण अवस्थामा छन् । सुधारका लागि बर्सेनि बजेट विनियोजन भएपनि पर्याप्त भएको छैन । यद्यपि, पछिल्लो समय प्रदेश र संघीय सरकारले समेत कर्णालीका सडक स्तरोन्नतिको योजना अघि सारेका छन् । प्रदेश सरकारले सुरुवातदेखि नै पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आएको छ । संघीय सरकारले पनि कर्णालीको सडक सुधारका लागि प्राथमिकतामा राख्न थालेको छ ।
कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–दैलेख–कालीकोट खण्डको अनुगमन गरेका छन् । जुम्ला–कालीकोट सिमाना नाग्मसम्म कर्णाली राजमार्गको अनुमगन गर्नेछन् । यस्तै, नाग्मबाट मुगु जोड्ने सडकको पनि अनुगमन गर्ने कार्यतालिका छ । उनी मुगबाट बाजुरासम्म स्थलमार्गबाट पुग्ने जनाइएको छ । बाजुरादेखि हुम्लासम्म भने हवाई मार्गबाट जान लागेका मन्त्री लम्सालले हुम्लाका पनि सडकहरूको अनुगमन गर्नेछन् ।
अहिलेको संघीय सरकारले पनि कर्णालीको सडक स्तरोन्नतिको योजनालाई प्राथमिकता दिएको छ । सोहीअनुसार संघीय सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशका प्रमुख सडकको अनुगमनमा निस्किएका छन् । कर्णालीलगायतका राजमार्गको अनुगमनका लागि शुक्रवार सुर्खेत आएका मन्त्री लम्साल कर्णाली राजमार्गको अनुगमनमा निस्किएका हुन् ।
शुक्रवार उनले कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–दैलेख–कालीकोट खण्डको अनुगमन गरेका छन् । सुर्खेतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटाका अनुसार मन्त्री लम्सालले सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्ला–कालीकोट सिमाना नाग्मसम्म कर्णाली राजमार्गको अनुमगन गर्नेछन् ।
यस्तै, नाग्मबाट मुगु जोड्ने सडकको पनि अनुगमन गर्ने कार्यतालिका छ । उनी मुगबाट बाजुरासम्म स्थलमार्गबाट पुग्ने जनाइएको छ । बाजुरादेखि हुम्लासम्म भने हवाई मार्गबाट जान लागेका मन्त्री लम्सालले हुम्लाका पनि सडकहरूको अनुगमन गर्नेछन् । मन्त्री लम्सालले गत असार ४ गते बसेको प्रतिनिधिसभा बैठकमा अबको तीन वर्षपछि कर्णालीका जिल्ला र पालिका जोड्ने सडकलाई डबल लेनमा विस्तार गर्ने घोषणा गरेका थिए । सोही घोषणा कार्यान्वयनका लागि मन्त्री लम्साल आफै स्थलगत अनुगमनमा निस्किएका हुन् । त्यतिबेलै उनले कर्णालीका सडकको स्थलगत अनुगमन गर्ने घोषणा समेत गरेका थिए ।
मृत्युमार्गको पहिचान बनाएको साविक कर्णालीका केही जिल्ला जोड्ने कर्णाली राजमार्गको अवस्था हालसम्म दयनीय छ । हरेक वर्ष टुक्रे बजेट विनियोजन हुँदा सडक सुधार र स्तरोन्नतिको काम हुन सकेको छैन । कर्णाली राजमार्ग सुर्खेतको वीरेन्द्रनगरबाट सुरु भइ जुम्ला गएर टुंगिन्छ । यसको कुल लम्बाई दुई सय ३२ किलोमिटर छ । जसमा सडक डिभिजन सुर्खेतले एक सय ३२ र जुम्लाले एक सय किलोमिटर सडक हेर्ने गर्छ ।
यस्तै, जुम्लाको नाग्मदेखि मुगु सदुरमुकामसम्म ९३ किलोमिटर छ । यो सडकमा नियमित गाडी सञ्चालन भइरहेका छन् । मुगु सदरमुकाम गमगढीदेखि उत्तरी चिनियाँ नाका नाक्चेनाग्लासम्म ९३ किलोमिटर सडक प्रस्ताव गरिएको छ । जसमा १८ किलोमिटर ट्याक खुलेको छ भने बाँकी खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इञ्जिनियर प्रदिप नारायण चौधरीले बताए । उनका अनुसार यो सडकलाई विभिन्न खण्डमा विभाजन गरेर निर्माण कार्य जारी रहेको उनले बताए ।
प्रकाशित मितिः २ श्रावण २०८३, शनिबार १७:५४

साझा बिसौनी ।