विद्यालयलाई दुई लाखको सामग्री सहयोग

सुर्खेत: कामना सेवा विकास बैंकले विद्यालयलाई दुई लाख रूपैयाँ बराबरको सामग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रवार वीरेन्द्रनगर–१ मा रहेको त्रिपुरेश्वर माध्यमिक विद्यालय ढोडेखालीलाई इलेक्ट्रोनिक फिल्टरसहितका सामग्री हस्तान्तरण गरेको हो ।
उक्त सहयोगले विद्यालयमा अध्ययनरत बाल विकासदेखि कक्षा १२ सम्मका एक हजार तीन सय बढी विद्यार्थीहरू लाभान्वित हुने कार्यक्रमका प्रमुख अतिथि एवम् वीरेन्द्रनगर–१ का वडाअध्यक्ष दिनेश खत्रीले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरभक्त सुनारको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष खत्रीसहित कामना सेवा विकास बैंक क्षेत्रीय कार्यालय प्रमुख महेन्द्र खनाल, उपप्रमुख अर्जुन खनाल र सुर्खेत जिल्ला प्रमुख सुनिल आचार्यलगायतको सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक रूद्रबहादुर खत्रीले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यालयलाई गरेको सहयोगले विद्यार्थीहरूलाई ठूलो राहत पुग्ने बताए । सोही कार्यक्रममा कामना सेवा विकास बैंकका क्षेत्रीय प्रमुख तथा विशिष्ट अतिथि महेन्द्र खनाललाई सम्मान समेत गरिएको थियो ।



साझा बिसौनी ।