एमयूको उपकुलपतिमा सुवाल

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयसहित सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले सात वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् ।
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाल नियुक्त भएका छन् । त्यसैगरी त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट र कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल नियुक्त भएका छन् ।
राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका हुन् । खुला प्रतिस्पर्धाबाट उनीहरूलाई नियुक्त गरिएको हो । उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । उक्त समितिको सिफारिसका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री शाहले शुक्रवएमार नियुक्त गरेका हुन् ।
प्रकाशित मितिः २० असार २०८३, शनिबार १२:५८
साझा बिसौनी ।