लायन्स क्लब अफ सुर्खेत दीपमालाको अध्यक्षमा थानी

सुर्खेत: लायन्स क्लब अफ सुर्खेत दीपमालाको अध्यक्षमा लक्ष्मीप्रसाद थानी चयन भएका छन् । आइतवार वीरेन्द्रनगरमा भएको प्रथम अधिवेशनबाट आगामी कार्यकाल सन् २०२६–२०२७ का लागि थानीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्षमा विष्णु न्यौपाने र द्वितीय उपाध्यक्षमा झरना बिष्ट चयन भएका छन् । यस्तै सचिवको जिम्मेवारी टंकप्रसाद रिजालले पाएका छन् भने कोषाध्यक्षमा दीपक विश्वकर्मा छन् । नयाँ कार्यसमितिको चयनसँगै क्लबले सामाजिक सेवा, मानवीय सहयोग तथा समुदाय विकासका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्वता जनाएको छ ।
क्लबको विभिन्न विषयगत जिम्मेवारीका लागि पनि पदाधिकारी चयन गरिएको छ । एलसीआईएफ (लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसन) कोअर्डिनेटरमा प्रेमकिरण विश्वकर्मा, मेम्बरसिप चेयरपर्सनमा हेमराज शर्मा, सर्भिस चेयरपर्सनमा यादव विक तथा मार्केटिङ एण्ड कम्युनिकेशन चेयरपर्सनमा तपेन्द्रकुमार विश्वकर्मा लगायत २० सदस्य कार्यसमिति चयन गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष थानीले क्लबको उद्देश्य अनुरूप सामाजिक सेवाका कार्यक्रमलाई समुदायसम्म प्रभावकारी रूपमा पु¥याउने प्रतिबद्धता जनाए । उनले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा क्लबको सक्रियता बढाइने बताए । क्लबका सदस्यहरूले नयाँ नेतृत्वको चयनसँगै संस्थागत विकास, सदस्य विस्तार तथा सेवामूलक कार्यक्रमलाई थप सशक्त बनाउने बताएका छन् ।
प्रकाशित मितिः १ असार २०८३, सोमबार ०९:४६
साझा बिसौनी ।