जिल्लामा पहिलो पटक सेडा फुटसल प्रतियोगिता

सुर्खेत, २५ जेठ ।
सुर्खेतमा पहिलो पटक फुटसल प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । सुर्खेत एजुकेशन डेभलप्मेन्ट एकेडेमी (सेडा)ले जिल्लामै पहिलोपटक फुटसल प्रतियोगिताको आयोजना गरेको हो । सेडा प्रालिका संचालक समितिका अध्यक्ष माधवप्रसाद खनालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी, उपाध्यक्ष जनक रावल, जिल्ला फुटवल संघका महासचिव गणेशकुमार कार्की, सेडाका उपाध्यक्ष सुदर्शन खड्का, सचिव डिलाराम भण्डारीलगायतको उपस्थिति थियो ।


खेलकुद विकास समितिका अध्यक्ष चन्द्र गिरीले शिक्ष्ाँको साथै खेलकुद प्रतियोगिता आयोजना गरेर सेडाले सह्रानीय काम गरेको बताए । असार ३ गतेसम्म संचाल हुने प्रतियोगितामा जिल्लाका २४ विद्यालयका ४५ टिम सहभागी भएको सेडाका प्रिन्सिपल रुपेश भण्डारीले जानकारी दिए । पहिलो खेल आदर्श मेमोरियल मावि र एसओएसवीच भएको थियो । जसमा एसओएस ४–९ गोलले विजयी भएको छ । यस्तै दोस्रो खेलमा उषा बालबाटिका विजयी भएको छ । उषाले इन्टरनेशनललाई ४ का विरुद्ध ११ गोल गरेको थयो । आज विहीवार ६ वटा खेल हुदैंछ ।

प्रकाशित मितिः   २५ जेष्ठ २०७४, बिहीबार ११:४४