सुर्खेत बार एशोसिएसनमा शर्मा

सुर्खेत: नेपाल बार एशोसिएसन सुर्खेतको अध्यक्षमा मोतिराम शर्मा चयन भएका छन् । १८औं वार्षिक साधारणसभा तथा अधिवेशनले शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

एशोसिएनको उपाध्यक्षमा हस्तराज रेग्मी, सचिवमा खगेन्द्र बहादुर खनाल, सहसचिवमा मंगलसेन सार्की र कोषाध्यक्षमा उपेन्द्र कुमार रावत रहेका छन् । त्यसैगरी सदस्यहरूमा रत्नबहादुर भण्डारी, प्रकाशकुमार चन्द, डम्बरबहादुर थापा, नवराज चौलागाई, प्रेमबहादुर फडेरा, गजबहादुर के.सी., सीता गौतम, लोकेन्द्रबहादुर शाही छन् । पार्षदहरूमा रामबाबु वि.सी. र टोपबहादुर वली रहेका छन् ।

 

प्रकाशित मितिः   २१ बैशाख २०८३, सोमबार १५:०८