अस्पतालमै हेलिप्याड
सुर्खेत: कर्णाली प्रदेश अस्पतालमा हेलिप्याडको प्राविधिक जाँच तथा परीक्षण उडान सफल भएको छ । अस्पतालको भवन हेलिकप्टर बस्न मिल्ने गरी हेलिप्याड बनाइएको थियो । जसको शुक्रवार परीक्षण गरिएको हो ।
नेपाली सेनाको उत्तर–पश्चिम पृतना हेडक्वार्टर सुर्खेतसँगको प्राविधिक सहकार्य र समन्वयमा परीक्षण उडान गरिएको अस्पतालका सूचना अधिकारीसमेत रहेका उपसचिव अनिता ज्ञवालीले बताइन् । ‘आकस्मिक स्वास्थ्य सेवालाई थप द्रुत, सहज र प्रभावकारी बनाउने उद्देश्यले अस्पतालमै हेलिप्याड बनाइएको हो,’ उनले भनिन्, ‘यसले कर्णालीका हिमाली तथा पहाडी जिल्लाबाट आकस्मिक रूपमा हेलिकप्टोरबाट उद्धार गरेका बिरामीलाई हेलिकप्टरले अस्पतालमै ल्याउने छ ।’
यसअघि हेलिकप्टरमा उद्धार गरेका बिरामीहरूलाई विमानस्थलमै ल्याण्ड गर्नुपर्ने अवस्था थियो । त्यहाँबाट एम्बुलेन्समार्फत अस्पताल ल्याउनुपथ्र्यो । ज्ञवालीले हेलिप्याडको सञ्चालनले कर्णालीका दुर्गम क्षेत्रका बिरामीहरूको शीघ्र उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।
प्रकाशित मितिः १९ बैशाख २०८३, शनिबार ०५:०१


साझा बिसौनी ।