दुईवटा सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस
सुर्खेत: कर्णाली प्रदेश सरकारले सवारी तथा यातायात व्यवस्थासम्बन्धी नयाँ नियमावली स्वीकृत गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको हो ।
त्यसैगरी उक्त बैठकले कर्णालीका दुई सडक राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न सिफारिस गर्ने निर्णय गरेको छ । जसअनुसार कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकताको आयोजनामा समावेश गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।
जाजरकोटको वडावन–सानाखोला सडकलाई पनि प्रादेशिक प्राथमिकता आयोजनामा राखी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न आयोगमा सिफारिस गर्ने निर्णय भएको छ । सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार मंगलवार बिहान बसेको बैठकले प्रदेशस्तरका पूर्वाधार आयोजनालाई संघीय तहमा प्राथमिकता दिलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रकाशित मितिः ९ बैशाख २०८३, बुधबार ११:१२
साझा बिसौनी ।