रमनसिंहको पत्र प्रथम
सुर्खेत: पत्रलेखन प्रतियोगितामा वीरेन्द्रनगरका रमनसिं रानामगर प्रथम भएका छन् । उनको पत्र अन्तर्राष्ट्रिय पत्रलेखन प्रतियोगितामा प्रतिस्पर्धाका लागि पठाइएको छ ।
युनेस्कोसँगको सहकार्यमा अन्तर्राष्ट्रिय हुलाक संघले ‘डिजिटल संसारमा मानवीय सम्बन्ध किन महŒवपूर्ण हुन्छ’ भन्ने विषयमा साथीलाई पत्र लेख्ने प्रतियोगिता आयोजना गरेको गर्दैछ । उक्त प्रतियोगितामा सहभागिताका लागि हुलाक निर्देशनालय सुर्खेतले पनि छनोट प्रतियोगिता गरेको थियो ।
सहभागीहरूका पत्रमध्यबाट मूल्यांकन समितिले उत्कृष्ट छनोट गरेको छ । छनोट समितिका संयोजक हुलाक निर्देशक गोविन्दप्रसाद पाण्डे, सदस्यहरू प्राध्यापक रेशमबहादुर विष्ट र हुलाक निर्देशनालयका शाखा अधिकृत सुनिताकुमारी खत्रीले मूल्यांकन गरेका हुन् । जसमा निर्देशनालयको कार्यक्षेत्रभित्रबाट प्राप्त पत्रहरूमध्यबाट वीरेन्द्रनगर–५ चिसापानीका रमनसिं रानामगर प्रथम भएका छन् ।
त्यसैगरी बराहताल–३ का काफिया बोगटी द्वितीय, वीरेन्द्रनगर–१२ का पुस्कर देवकोटा तृतीय हुँदा वीरेन्द्रनगर–५ का सुरज रेग्मी र वीरेन्द्रनगर–१२ का निमा बोहोरा सान्त्वना भएका छन् । उनीहरूलाई नगद पुरस्कारसमेत प्रदान गरिएको छ । प्रथमलाई पाँच हजार, द्वितीयलाई तीन हजार र तृतीयलाई दुई हजारसहित सान्तवना हुनेलाई जनही एक हजार पुरस्कार प्रदान गरिएको हुलाक निर्देशनालय सुर्खेतका सूचना अधिकृत सुनिताकुमारी खत्रीले जानकारी दिइन् । उनका अनुसार उत्कृष्ट हुने रानामगरको पत्र अन्तर्राष्टिय पत्रलेखन प्रतियोगिताको मूल्यांकनका लागि हुलाक सेवा विभागमा पठाइएको छ ।
प्रकाशित मितिः ८ बैशाख २०८३, मंगलवार ०५:०२
साझा बिसौनी ।